Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Prachandaपोखरा- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  निर्वाचन आयोगसँग अनुमति लिएरै हेलिकोप्टर चढेको स्पष्ट पारेका छन् ।
उनले केही मिडियाले अनुमति  नलिइकन हेलिकोप्टर चढ्यो भनेर गलत प्रचार गरेको आरोप लगाए । ‘अनुमति लिएरै हेलिकोटर चढेको हुँ’ प्रचण्डले भने, ‘केही मिडिया र पत्रकार नियोजित रुपमा मलाई र मेरो पार्टीलाई बदनाम गराउन खोज्दैछन् ।’
कास्कीको पोखरा र ढिकुरपोखरीमा आयोजित कार्यकर्ता भेला तथा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन विथोल्ने योजना अनुरुप देशका विभिन्न ठाउँमा आफ्ना कार्यकर्तालाई उत्तेजित बनाउन खोजिएको बताए ।
अहिलेको निर्वाचन यथास्थितिवादी र परिवर्तन पक्षधर शक्तिवीचको राजनीतिक लडार्इँ भएकाले परिवर्तन पक्षधर पार्टी माओवादी विजयी गराउन उनले अपील समेत गरे । उनले कार्यकताहरुलाई एकताबद्ध भएर चुनाव प्रचारमा लाग्न समेत निर्देशन दिए ।
कास्कीमा अघिल्लो निर्वाचनमा ३ वटा क्षेत्रमा एमाओवादी विजयी बनेकोमा यसपटक ४ वटै क्षेत्रमा विजय सुनिश्चित गर्न समेत प्रचण्डले कार्यकर्तालाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया