बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
काठमाडौं – एनआरएन जापानको एक टोलीले हालै राजधानी काठमाडौंमा रहेको रक्षा नेपालको स्थलगत भ्रमण गरेको छ । 
टोलीले बिगत दश बर्ष देखि यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापार बिरुद्ध कार्यरत सामाजिक संस्था रक्षा नेपालको स्थलगत निरीक्षण गर्नुकासाथै सँस्थाको गतिबिधि नियालेको थियो ।
NRN Japanसो अवसरमा टोलीले संस्थाको संरक्षणमा रहेका बालबालिकाहरुसंग छोटो अन्तरक्रिया पनि गरेको थियो । अन्तरक्रियाकाक्रममा रक्षा नेपालकी अध्यक्ष्य मेनुका थापाले बिगत एक बर्ष देखि एनआरएन जापानले सँस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्दै सँस्थाको तर्फबाट धन्यबाद स्वरुप मायाको चिनो प्रदान गर्नुभएको थियो ।
गैर आवासीय नेपाली संघको छैठौं बिश्व सम्मेलनमा भाग लिन एनआरएन जापानको टोली काठमाडौं आएको अवसरमा सो टोलीले रक्षा नेपालको स्थलगत भ्रमण गरेको हो । एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलको नेतृत्वमा रक्षा नेपाल पुगेको टोलीमा एनआरएन आईसीसी एशिया प्यासिफिक उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), आईसीसी सदस्य ओम गुरुङ, आईसीसीका निबर्तमान सदस्य अरुणकुमार श्रेष्ठ, उपाध्यक्षद्वय सुदन थापा र नरबहादुर थापा, माया नेपाली संगीत सँस्थाकी संयोजक युको ओकामोतो मल्ल, ब्यवसायी रतन थापालगायतका ब्यक्तिहरु सम्मिलित हुनुहुन्थ्यो ।
सो अवसरमा रक्षा नेपालको तर्फबाट बालबालिकाहरुद्वारा उहाँहरुलाई पुष्पगूच्छाले स्वागत गरिएको थियो ।
बालबालिकाहरुसंगको साक्षात्कारमा उपाध्यक्ष सुदन थापाले सबैको आ-आफ्नो बिगत हुने बताउँदै ती बालबालिकाहरुको अनुहार पढ्दा आफु निकै भाबुक बनेको कुरा ब्यक्त गर्नुभयो । यसैगरी आईसीसी सदस्य ओम गुरुङले अबको १०, २० बर्षपछि यी नानीहरु सबल नागरिक बनि यो देशको उच्च ओहोदामा पुगेको हेर्न पाइने कुरामा आफु बिश्वस्त रहेको बताउँदै रक्षा नेपालको अभियानबाट आफु ज्यादै प्रभावित भएको र यो सवाल हामी सबै नेपालीको साझा भएकोले आफ्नो तर्फबाट सक्दो साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यसैगरी अध्यक्ष पारसमणि पोखरेलले अघिल्लो कार्य समितिले रक्षा नेपाललाई सहयोग उपलब्ध गराएको स्मरण गर्दै सहि ठाउँमा सहयोग भएकोमा प्रसन्नता ब्यक्त गर्नुकासाथै आफ्नो कार्यकालमा पनि यस्ता सह्रानीय कार्यका लागि सहयोगलाई निरन्तरता दिईने बचनबद्धता ब्यक्त गर्नुभयो । यसैगरी एशिया प्यासिफिक उपसंयोजक रोविन्दप्रसाद  श्रेष्ठ  (गोबिन्द) ले आफु र एनआरएन मिलेर ३० जना बालबालिकाहरुका लागि एक बर्षको स्कुलको शुल्क व्यहोर्ने घोषणा गर्नुभयो ।
हाल सँस्थाको आश्रयमा रहेका ३० जना बालबालिकाहरु मध्य २७ जना निम्न माध्यामिक तहमा छन् भने १ जना माध्यामिक र २ उच्चमाध्यामिक तहमा अध्ययनरत छन् । यी ३० जना बालबालिकाहरुका लागि मासिक रुपमा १८,५०० (अठार हजार पांच सय) रुपैंयाँ लाग्ने सँस्थाका कार्यक्रम निर्देशक रबिन मल्लले जानकारी गराउँदैं एक बर्षमा लाग्ने कुल खर्च २ लाख २२ हजार रुपैंया जापानबाट सहयोग हुने वचनबद्धताले हौसला मिलेको धारणा ब्यक्त गर्नुभयो ।
यसैगरी आईसीसीका निबर्तमान सदस्य अरुणकुमार श्रेष्ठले हाललाई आफ्नो कम्पनी मयुर कर्पोरेशन लिमिटेड जापानको तर्फबाट ३० वटा स्कुले ब्याग सहयोग गर्ने र भबिष्यमा सहयोगलाई निरन्तरता दिने बचनबद्धता ब्यक्त गर्नुभएको छ भने उपाध्यक्ष नरबहादुर थापाले एक महिना अगाडि सँस्थाकी अध्यक्ष्य जापान भ्रमणमा गएको बेला ४० हजार रुपैयाँ सहयोग गरेको स्मरण गर्दै त्यो सहयोग सहि ठाउंमा भएको स्थलगत भ्रमणले पुष्टि गरेकोमा खुशी ब्यक्त गर्दै रक्षा नेपालले चालेको हरेक कदमको सफलताको कामना गर्नुभयो ।
उपस्थित अन्य प्रतिनिधिहरुले पनि आ-आफ्नो ठाउंबाट सकेको सहयोग गर्ने र मुलुकबाहिर छरिएर रहेका नेपालीहरुलाई नेपालमा बढ्दो यौनहिंसा अन्त्य गर्न हामी सबैको जिम्मेवारी भएकोले रक्षा नेपालसंग हातेमालो गर्न आह्वान गर्नुभयो । ***
Fuchche Fuchche Sudan Group Ok Group Sudan Meeting Menuka Sudan Arun M Gobin M On M Paras Menuka Nar Om Paras

तपाईको प्रतिक्रिया