मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024
jrf-logo2टोकियो – जेआरएफ़ तथा प्रभु मनि ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठको उपलक्ष्यमा बजारमा ल्याएको उपहार योजनाको नतिजा घोषणा गरेको छ ।
 
 नतिजाअनुसार जेआरएफ़ तथा प्रभु मनि ट्रान्सफरमार्फत जापानबाट काठमाडौमा रहेका आफ्नो भाइ बिकास घिसिङलाई दसैं खर्च पठाएका बिजय घिसिङलाई एक किलो चाँदी उपहार परेको छ ।
विगत १२ बर्षदेखि रेमिट्यान्स कारोवार गर्दै आएको रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफर र जेआरएफ़ले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको  ‘प्रभुको पास लिऊं, दशैं, तिहार र छठ खुसियाली साथ मनाऊं’ उपहार योजना अन्तरगत जापानको नागानोकेनमा बस्दै आएका बिजय घिसिङले १ किलो चांदी उपहार पाएका हुन् ।
काठमाडौंमा रहेका आफ्ना भाईलाई जेआरएफ़ तथा प्रभुमार्फत दसैं खर्च पठाउँदा एक किलो चांदी उपहार पाएका घिसिङले खुशी हुँदै भने – ‘अबदेखि सम्पूर्ण कारोबर जेआरएफ़ तथा प्रभुबाटनै गर्छु । ’
 प्रत्येक २१, २१ दिनमा आफ्ना १ जना ग्राहकलाई १ किलोग्राम चांदी उपहार प्रदान गर्ने योजना अन्तर्गत गत आइतबार प्रभु ग्रुपले गरेको पत्रकार सम्मेलनमा ‘लक्की ड्र’ बाट बिजयी घिसिङले १ किलो चांदी हात पारेका हुन् ।
प्रभुको पास योजना अन्तरगत ३ जना भाग्यशाली ग्राहकले १ किलोग्राम चांदी, दैनिक २ जनालाई ५, ५ सय रुपैयां रिचार्ज, सातामा एक जोडीलाई पोखरा भ्रमण र बम्पर उपहारमा  १ जनालाई स्यान्ट्रो कार प्रदान गरिदैं आएको प्रभु स्रोतले जनाएको छ ।  ***
Prabhu
तपाईको प्रतिक्रिया