मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

magarsnagटोकियो-नेपाल मगर संघ तोकाई जापानले हरेक बर्षको तिहारमा गर्दै आइरहेको देउसीभैलो कार्यक्रम यस वर्ष पनि गर्ने बताएको छ ।

विदेशमै भएपनि सबैलाई देउसी भैले खेली रमाईलो गर्ने कार्यक्रको आयोजना यस बर्षपनि टोयोटा सिटीको आर्केडिया हलमा २ नोभेम्बर २०१३ का दिन बेलुकी ५ बजे देखि तिहार कार्यक्रमको आयोजना गरेको छ । तिहारमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरुलाई विभिन्न माध्यामद्धारा निमन्त्रणा गरिएको संस्थाका महासचिव कौडा बुढा मगरले नेपाली समुद्रपारिलाइ जानकारी गराए । कार्यक्रममा जापानमा संगठीत विभिन्न संघ संस्थालाई समेत पत्राचारगरी निमन्त्रणा पठाइसकिएको छ ।
यस पटक तिहार कार्यक्रममा उपस्थित दिदी बहिनीहरुलाई प्रबेश शुल्क नलाग्ने, विद्यार्थीलाई ५० प्रतिशत मात्र प्रबेश शुल्क लाग्ने र आफ्नो जातीय परम्परा झल्कने खालको पोशाक सहित उपस्थित हुने महानुभावहरुलाई विशेष छुटको व्यवस्था भएको संस्थाका अध्यक्ष दिलीप राना मगरले बताए ।

तपाईको प्रतिक्रिया