मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

gurkha-TVटोकियो-बेलायतबाट सञ्चालन भइरहेको गुर्खा टिभीले जापानबाट पनि आफ्नो सेवा शुरु गर्ने जानकारी प्राप्त भएको छ ।
“हामी जहाँ भए पनि मन त हाम्रो नेपाली हो” भन्ने मुल नाराका साथ प्रसारण भईरहेको गुर्खा टिभी मार्फत अब जापानमा रहेका नेपालीहरुले आफ्नै देशको नेपाली च्यानलहरु हेर्न पाउनुका साथै नेपाली फिल्मी गीतहरु अन डिमान्ड हेर्न पाउने भएका छन् ।
गुर्खा टिभीका निर्देशक भूपेन्द्र पराजुलीले जापानमा सबै कानूनी प्रकृया पुरा गरेर टिभीको प्रसारण शुरु गर्न थालिएको पनि जानकारी दिनुभयो ।
टिभीको प्रसारणसँगसँगै जापानमा रहेको नेपाली भाषीहरु माझ नेपाली भाषा, गीतसंगीत तथा संस्कृतिको प्रवर्द्धनमा सहयोग हुने कुरा पनि कम्पनीले बताएको छ ।
यो टिभी च्यानल मार्फत नेपालका मुख्य टिभी च्यानलहरु एभिन्यूज, हिमालय, माउन्टेन, तराइ, एवीसी र अमेरिकाबाट प्रसारित हुने हृवाईट हिमाल टिभी पनि लाईभ हेर्न सकिने छ ।***

gurkha-tv

 

तपाईको प्रतिक्रिया