बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
ओसाका – नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा ओसाकामा रहेका नेपालीहरुले नवदुर्गा भवानीको प्रसादकारुपमा टिका, जमरा ग्रहण गर्दै आपसमा शुभकामना आदानप्रदान र नाचगान गरी रमाईलोका साथ दसैं मनाएका छन् ।
हरेक बर्ष ओसाकामा रहेका नेपालीहरु एकैथलोमा भेला भई दसैं मनाउने गर्दछन् । यस बर्ष पनि हिजो सोमबार बिजया दशमीको दिन स्थानिय रेष्टुरेन्टमा भेला भई उनीहरुले दसैं मनाएका हुन् ।
सो अवसरमा एनआरएन जापानका उपाध्यक्ष तुल्सीराम खरेल लगायतका ब्यक्तिहरुले दसैंको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपालीहरुको आपसी सद्भाव र सामाजिक एवं साँस्कृतिक एकताको पर्व दसैं  बिदेशमा रहेका नेपालीहरुले पनि आ-आफ्नो समय र परिस्थितिअनुसार मनाउंदै आएका छन् । सोहिअनुरुप जापानका बिभिन्न सहरहरुमा बस्ने नेपालीहरुले पनि दसैं मनाएका हुन् ।
Tulsi osaka 5 Tulasi oasaka 4 Tulasi Osaka Tulasi Osaka 1 Tulsi osaka 2 Tulsi osaka 3

तपाईको प्रतिक्रिया