मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

NRNटोकियो- एनआरएन जापानको पाँचौ कार्यसमिति र छैठौ नव निर्वाचित समितिको हालै बसेको संयुक्त बैठकमा कार्य समितिमा  मनोनित सदस्यहरु र  आइसीसीका लागि महिला तथा युवा प्रतिनिधिलाई सपथ ग्रहण गराईएको छ । एनआरएन आइसीसी सदस्यहरु तथा  एशिया प्यासिफिक क्षेत्रिय समितिका उपसंयोजक किरणबिक्रम थापाको उपस्थितिमा  सपथ ग्रहण गराईएको हो ।

नवनिर्वाचित अध्यक्ष पारसमणि पोखरेलको अध्यक्षतामा बसेको सो वैठकले एनआरएन जापानको पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार र सम्पूर्ण विभागमा रहेर आफ्नो कार्यसम्पादन गर्नुहुने सबैलाई हार्दिक धन्यवाद प्रस्ताव पारित गरेको छ । सो  अवसरमा निवर्तमान अध्यक्ष ओम गुरुङले नव निर्वाचित अध्यक्ष पारसमणि पोखरेललाई  बुझबुझारथ गर्न बांकी रहेको  कागजात तथा दस्ताबेजहरु हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी वैठकले ९ सदस्यीय सचिबालय समिति पनि गठन गरेको छ । जसमा अध्यक्ष पारसमणि पोखरेल, उपाध्यक्षहरु सुदन थापा, नरबहादुर थापा र तुलसीराम खरेल, महासचिब मुक्तिराम खनाल, सचिब उदयराज कंडेल, कोषाध्यक्ष तेजप्रसाद अर्याल, प्रवक्ता सन्देश पोखरेल र सदस्य दिपकबाबु नेपाल रहेका छन ।

यसैगरी वैठकले आवश्यकताअनुसार पछि  विस्तार गर्ने गरी हालका लागि राजन प्रधानाङ्ग, शरदकुमार  गौचन, हरिराज ढकाल, राजेन्द्र भट्टराई, ध्रुब  भट्टचन, इन्दिरा सुजुकी र तिलक मल्ललाई  सल्लाहकारमा चयन गरेको छ ।

बैठकमा हालै टोकियोमा सम्पन्न दुई दिवसीय नेपाल फेष्टिबल सफल बनाउन सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद  प्रस्ताव पनि पारित गरिएको  थियो ।  ***

 

तपाईको प्रतिक्रिया