मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

otelटोकियो- अन्तर्राष्ट्रिय कलिङ कार्ड कम्पनी ओसियन टेक्नोलोजी (OTEL) ले नेपाल फेस्टिबल ‘लक्की ड्र’ उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ ।

OTEL ले यही २०१३ सेप्टेम्बर २२ र २३ तारिकका दिन टोकियोको उएनो पार्कमा आयोजित नेपाल फेस्टिबलमा उपस्थित दर्शकहरूबाट नाम तथा सम्पर्क नम्बर संकलन गरी सोही संकलित नाम तथा नम्बरबाट लक्की ड्र गरी उपहार प्रदान गर्ने योजना ल्याएको थियो ।

सो लक्की ड्र उपहार योजनाको पुरस्कारहरूमा क्यामेरा, आइपड, अन्तर्राष्ट्रिय कलिङ कार्ड आदि राखिएको थियो ।

गोलाप्रथाको माध्यमबाट छनौट गरिएको उक्त ‘लक्की ड्र’मा प्रथम पुरस्कार संगीता थापालाइ र  दोस्रो पुरस्कार रेश्मा लामालाइ परेको नतिजा कम्पनीले सार्वजनिक गरेको छ ।

त्यसैगरी तेस्रो पुरस्कार जित्नेमा रूक्मागत खरेल र पाल्देन डोमा शेर्पा रहेका छन् ।

चौथो पुरस्कार प्राप्त गर्नेहरूमा सरोज घिसिङ, जानु ढकाल, श्रेष्ठ बुद्धि, बबिता श्रेष्ठ, राई बिकास, अनुप थापा, सुमि के.सी., सापकोटा कृष्ण बहादुर, गुरुङ अर्जुन र सिलवाल खत्री सन्तोष रहेका छन् ।

बिजेताहरुलाई सम्पर्क गरी उपहार प्रदान गरिने कुरा पनि कम्पनीले जनाएको छ ।

थप जानकारकिो लागि ०८०–४२५२–४४८२ / ०३–३२५१–५३०१ मा सम्पर्क गर्न सकिनेछ ।***

otelchitta

तपाईको प्रतिक्रिया