बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

टोकियो-नेपालीहरूको महान पर्व बिजया दशमी २०१३ को अवसरमा जापानको फुकुओका शहरमा क्रियाशील संस्था फुकुओका नेपाल सोसाईटी (फुनेसो) र एनआरएन क्युसुले सामुहिक रूपमा दशैं टिका कार्यक्रम गर्ने भएको छ ।

funeso-logoविगतका वर्षहरुमा फुकुओका नेपाल सोसाईटीले मात्रै दशैंको टीका कार्यक्रम  गर्दै आईरहेको तर यस पटक भने भिन्न रूपमा एनआरएन क्यूस्युको सहकार्यमा सामुहिक टिका कार्यक्रम मात्रै गर्न लागिएको जानकारी फुनेसोका अध्क्षय मोती श्रेष्ठले बताउनुभयो । यसरी कार्यक्रम गर्दा नयाँ विधार्थीहरुलाई सहभागी हुन पनि सजिलो, आर्थिक रुपमा पनि भार कम हुने साथै संस्थाको तर्फबाट पनि धेरैलाई सहभागी गराउन सकिने बिचार ऊहाँले राख्नु भएको छ । बिभिन्न कारण वश आफ्नो घर परिवारदेखि टाढा रही प्रदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुलाई एकै ठाऊमा जम्मा पारी प्रवासको बसाईमा पनि नेपाल र नेपाली संस्कृतीलाई जगर्ना गर्दै लैजानु कार्यक्रमको प्रमुख उद्देश्य रहेको कुरा एनआरएन क्युस्यूका संयोजक कृष्ण खरेलले बताउनु भयो । साथै सम्पूर्ण क्युसुवीसी नेपालीहरूलाई कार्यक्रममा सहभागी भई दशैं मनाउनु  हुन पनि विशेष अनुरोध आयोजकले गरेको छ ।

कार्यक्रम सम्बन्धि विस्तृत जानकारीः

मिति :    २०१३ अक्टोर १४ तारिक सोमबार
स्थान :    सेन्ट्रल होटल फुकुओका, तेन्जिन
समय :    बेलुका १८:३० देखि २१:००
प्रवेश शुल्क : १००० येन  (नेपाली खाजाको साथमा फ्रि-सफ्ट ड्रिंक्स )
आयोजक: फुकुओका नेपाल सोसाइटी, एनआरएन क्युसु

अन्य जानकारीको लागि सम्पर्क :

मोति प्रसाद श्रेष्ठ (०८०-५२०३-७६३१)
कृष्ण खरेल (०८०-३१८१-९९६७)

तपाईको प्रतिक्रिया