मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
टोकियो –  आज टोकियोमा भएको एक कार्यक्रमबाट शंकर ज्ञवालीको अध्यक्षतामा जनप्रगतिशील समाज जापानको गठन भएको छ । नेकपा-माओबादीको जापानस्थित भात्तृ संगठनकोरुपमा सो समाजको बिधिवत गठन भएको उक्त पार्टीका बिदेश बिभाग ईञ्चार्ज धर्मेन्द्र बास्तोलाले बताउनुभयो ।
टोकियो मेगुरोमा भएको उक्त भेलालाई प्रथम अधिवेशन मानेर उक्त समाजको गठन भएको नेता बाँस्तोलाले घोषणा गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपालबाट आमन्त्रित पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता धमेन्द्र बाँस्तोलाले मंसिर ४ मा संबिधान सभाको निर्बाचन हुनै नसक्ने र भईहाले पनि जनसंबिधान बन्नै नसक्ने ठोकुवा गर्नुभयो । त्यसैले गोलमेच सम्मेलन गरी राजनैतिक दलहरुबिच सहमति गरेर राष्ट्रियता र स्वाधिनताको ग्यारेन्टी गर्दै जनताको संबिधान लेख्ने पूर्व सर्तमा मात्र निर्बाचन गरिनुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कृष्ण खड्का, नेपाली जनप्रगतिशील मोर्चाका पूर्व अध्यक्ष बेलु थापा, मोर्चाका सल्लाहकार जोन छन्त्याल, एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल, एनआरएन कान्तोका संयोजक सरोज खत्री, नेपाल आदिबासी जनजाति महासंघ जापानका उपाध्यक्ष पदम गुरुङ, ओएनएफ जापानका सदस्य महेन्द्र श्रेष्ठ, ओएनएफका सल्लाहकार मेघराज नेपाल, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ललगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि बांस्तोलाले शंकर ज्ञवालीको अध्यक्षतामा २१ सदस्यीय समिति सहित जनप्रगतिशील समाज जापानको गठन भएको घोषणा गर्नुभएको हो । समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको नामावली भने सार्बजनिक गरिएको छैन । नामावली पछि सार्बजनिक गरिने नवनिर्वाचित अध्यक्ष ज्ञवालीले  समुद्रपारिलाई बताउनुभयो ।
मोहन बैद्य पक्षिय नेकपा-माओबादीको जापानस्थित भात्तृ संगठनकोरुपमा यस अगाडि बाटनै नेपाली जनप्रगतिशील मंच क्रियाशील रहेको भए पनि  आपसी सहमतिमा मंच र समाजको बिचमा एकता कायम गरिने नेता बांस्तोलाले बताउनुभएको छ । सो अवसरमा नेता बास्तोलाले संस्थाको बिधान र उद्देश्य पनि पढेर सुनाउनुभएको थियो ।  ***
Neww Morcha

तपाईको प्रतिक्रिया