बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
नागोया –  जनसम्पर्क समिति तोकाई होकिरिकुले आइतवार नागोयामा बिजया दशमीको अवसरमा शुभकामना आदान-प्रदान एवं मित्र मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
क्षेत्रीय समितिका अध्यक्ष साधना घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम क्षेत्रीय उपाध्यक्ष प्रकाश गौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जापानमा अध्ययनरत एवं रोजगारीका सिलसिलामा बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपालीहरुको महान पर्वमा समेत बाध्यताका कारण नेपाल जान नसक्ने अवस्थामा नेपाली-नेपाली बिच भेटघाटको अवसर मिलाएकोमा जनसम्पर्क समितिलाई उपस्थित नेपालीहरुले धन्यबाद दिएका थिए ।
नेपाली काँग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिनारायण सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसको नीति तथा सिद्धान्त बिभागका पूर्व केन्द्रिय सदस्य भरतप्रसाद दवाडिको पनि बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएन तोकाई होकिरिकुका अध्यक्ष बिष्णुप्रसाद रेग्मी, उपाध्यक्ष रामु खरेल, नेपाली जनसम्पर्क समिति जापानका निबर्तमान उपाध्यक्ष शेरबहादुर केसी,   एनआरएन आईसीसीका सदस्य डा. सुदिप अधिकारी, एनआरएन जापानका सदस्य दिपक केसी, नेसाजका पूर्व अध्यक्ष बिमल अधिकारी, जनसम्पर्कका तदर्थ समितिका केन्द्रिय सदस्य हरेराम अर्याल लगायतले दशैको शुभकामना ब्यक्त गरेका थिए ।  *** JSS Nagoya

तपाईको प्रतिक्रिया