मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
Kiran Jeeटोकियो – गैर आवासीय नेपाली संघको काठमाडौंमा हुन गईरहेको छैठौं बिश्व सम्मेलन नजिकिंदै गर्दा बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
यसै क्रममा एसिया प्रशान्त क्षेत्रका उपसंयोजक किरणविक्रम थापाले संयोजक पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
श्री थापाले आज घटस्थापनाको शुभ साइत पारेर एक बिज्ञप्तीमार्फत एसिया प्रशान्त क्षेत्रको संयोजकको दावी गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । ‘दुई कार्यकाल आईसीसी सदस्य र एक कार्यकाल उपसंयोजक भई कार्य गरिसकेको अनुभव र दक्षतालाई संयोजकको जिम्मेवारीमा रहेर थप दुई वर्ष काम गर्ने ईच्छा भएकोले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु’ – श्री थापाले बिज्ञप्तीमा भन्नुभएको छ ।
स्मरण रहोस गैर आवासीय नेपाली संघको छैठौं विश्व सम्मेलन यही अक्टोवरको १९ तारिखदेखि २२ तारिखसम्म काठमाडौंमा हुन गईरहेको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि एक कार्यकाल अध्यक्ष (देवमान हिराचन), एक कार्यकाल प्रवक्ता (डा. कुमार बस्नेत), एक कार्यकाल कोषाध्यक्ष (भवन भट्ट) जस्ता जापानले महत्वपूर्ण जिम्मेवारी पाईसकेको छ । आउँदो ग्लोबल सम्मेलनमा भने उपाध्यक्ष पदका लागि हालका कोषाध्यक्ष भवन भट्टले उम्मेदवारीको घोषणा गर्नुभएको छ भने सचिवमा हालका आईसीसी सदस्यद्वय रोशन केसी र डा. सुदिप अधिकारीको नाम चर्चामा छ ।
यसरी हेर्दा एनआरएन अभियानमा हालसम्म अग्रमोर्चामा उभिएको जापान यसपाली भने महत्वपूर्ण जिम्मेवारीमा नभएर सहायक भूमिकामा बस्न खोजेको देखिन्छ ।
यसैगरी केन्द्रिय अध्यक्षमा  अष्ट्रेलिताका उद्यमी नेपाली शेष घले, कोरियाबाट तेञ्जी शेर्पा, जर्मनीबाट रामप्रताप थापा, बेलायतबाट क्याप्टेन हितमान गुरुंग र युएईका रामेश्वर साहले उम्मेदवारी सर्बजनिक भईसकेको छ ।

तपाईको प्रतिक्रिया