बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

Everest School  Logoटोकियो-जापानबासी नेपालीहरुद्वारा यस बर्षको अप्रिल महिनादेखि टोकियोको आसागायामा संचालन गरिएको एभरेष्ट ईन्टरनेशनल स्कुल जापानले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत यहि शुक्रबार पहिलो खेलकूद कार्यक्रम (उन्दोखाई) सम्पन्न गरेको छ ।

आफ्ना बिद्यार्थीहरुलाई पढाई बाहेकका अतिरिक्त कृयाकलापहरुमा पनि निपूण बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताईएको छ । सो अवसरमा बिद्यार्थी, अविभावक, शिक्षक, कर्मचारी तथा जापानी स्वयंसेवकहरुले विभिन्न खेलहरुमा भाग लिएका थिए । कार्यक्रममा रिले दौड, तीनखुट्टे दौड, हांडी फुटाउने, क्याण्डी दौड लगायतका करिव १ दर्जन जति खेलहरु समाबेश गरिएको थियो ।

everest5

बिद्यार्थीहरुलाई सगरमाथा (पहेंलो), धौलागिरी (हरीयो), अन्नपूर्ण (रातो) र माछापुछ्रे (नीलो) गरी चार समूहमा विभाजन गरी खेलमा प्रतिस्पर्धा गराईएको थियो । जसको समूह नेताको रुपमा शरिष कंडेल-पंहेलो, प्रिंका खत्री-हरीयो, शैलेषा आचार्य-रातो र स्मिथ खत्री-नीलो रहेका थिए । हरेक खेलमा बालबालिकाहरुले आफ्नो समूहको खेलाडिहरुको हौसला बढाउन हुटिंग गरेको दृष्य साच्चै नै रमाईलो थियो ।

सो खेलकूद कार्यक्रममा प्रिंका खत्रीले नेतृत्व गरेको हरियो समुहले १०५ अंकका साथ पहिलो स्थान हात पार्न सफल भएको थियो भने शरिष कंडेलले नेतृत्व गरेको पहेंलो समूहले ९० अंकका साथ दोश्रो स्थान ल्याएको थियो । त्यसैगरी शैलेषा आचार्यको रातो र स्मिथ खत्रीको नीलो समूहले क्रमश ६० र ५५ अंक ल्याई तेश्रो र चौथो स्थानमा परेका थिए । सो कार्यक्रमलाई ब्यवस्थित बनाउन बिभिन्न युनिभर्सिटीमा अध्ययनरत तथा एनपिओहरुमा कार्यरत २० जना भन्दा बढि जापानी स्वयंसेवकहरुले सहयोग गरेका थिए ।

स्कुलका बिद्यार्थीहरुले गाएको राष्ट्रिय गान र मार्चपासबाट शुरु गरिएको सो खेलकूद कार्यक्रममा प्रिन्सिपल प्रदिप थापाले उदघाटन मन्तब्य राखेका थिए भने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले कार्यक्रमको अन्त्यमा सबैलाई धन्यबाद दिनुका साथै बिद्यार्थीहरुलाई पदक बितरण गरेका थिए । जापानी तथा नेपाली अबिभावकहरुको बिच रमाईलो बातवरणमा सम्पन्न सो खेलकूद कार्यक्रमको अन्तमा बिद्यार्थीहरुको तर्फबाट साकुरा उपाध्याय, शिक्षकहरुको तर्फबाट सिर्जना पाण्डे, अविभावकको तर्फबाट कमला काप्री र स्वयंसेवकको तर्फबाट इनोउए सेचुको र सिगेरु मोरिताले आ-आफ़्नो अनुभब सहितको मन्तब्य राखेका थिए । सम्पूर्ण कार्यक्रमको संचालन बिद्यालयका जापानी कर्मचारी र्‍योसुके खावाबेले गरेका थिए । ***  everest7

everest4 everest3 everest2 everest1everest6 everest-school

तपाईको प्रतिक्रिया