मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
टोकियो – नेपालमा उत्पादित कृषिजन्य खाद्यपदार्थका साथै अल्कोहलजन्य पेयपदार्थ जापानको बजारमा आपूर्ती गर्दै आएको मयुर कर्पोरेशन लि. ले अब नेपालबाट आयातित कोदोबाट जापानमै बनेको रक्सी (Rakshi) बजारमा ल्याउने भएको छ ।
Raksiनेपालका किसानहरुले उत्पादन गरेका कोदो जापानमा ल्याई जापानी प्रविधिमा नेपाली रक्सी उत्पादन कार्य सुरु भईसकेको मयुर कर्पोरेशन जापानका प्रवन्ध निर्देशक अरुणकुमार श्रेष्ठले समुद्रपारिलाई बताउनुभयो ।
‘जापानमा नेपाली कोदोको रक्सी उत्पादनले जापानको बजारमा नेपाली उत्पादन खपत हुने भएकोले नेपालका किसानहरुलाई प्रोत्साहित गरिनुका साथै देशकै आर्थिक क्रान्तिमा सहयोग पुग्ने  बिश्वास गरिएको छ’ – श्री श्रेष्ठले भन्नुभयो ।
बिश्वमै दूर्लभ र तागतिलो अन्न मानिने कोदो नेपालको ग्रामीण तथा पहाडि क्षेत्रमा मात्र परम्परागत ढंगले खेती गरिदैं आईएकोमा अब छिट्टै नेपाल लगायत अन्य मुलुकहरुमा पनि आधुनिक कृषि प्रणाली अनुसार ब्यवसायिक ढंगले आधुनिक बिउबिजनबाट अर्गानिक खेती थालिने योजना अगाढि बढिरहेको पनि श्री श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मयुर कर्पोरेशन लि. को पूर्ण लगानी र अनुगमनमा जापानकै उच्च पहाडि क्षेत्र मानिने नागानो केनको खारुइजावा नजिकैको साकू उपत्यकामा अवस्थित फुयू ब्रुअरी कम्पनी लिमिटेडबाट नेपालको कोदोबाट रक्सी उत्पादन भईरहेको छ । उच्च पहाडि भेगको कञ्चन एवं निर्मल मुलपानीको प्रयोग गरी उत्पादन भईरहेको रक्सी गुणस्तरिय हुनुका साथै स्वादिलो रहेको मयुर कर्पोरेशनले दावी गरेको छ ।
आगामी एक महिनाभित्र उक्त रक्सी जापानको बजारमा आईपुग्ने मयुर कर्पोरेशनको योजना रहेको छ । तुलनात्मकरुपमा उक्त रक्सी सस्तो पनि रहेको बताईएको छ ।      *** Rakshi

तपाईको प्रतिक्रिया