मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

बिजय लामा, अभिनाश घिसिङ र जेनिशाको पनि बिशेष उपस्थिति हुने

टोकियो – तामाङ समाज जापानको आज टोकियोमा डम्फु साँझ कार्यक्रम हुन गईरहेको छ ।
साँझ ५ बजेबाट ९ बजेसम्म गोतान्दाको माया भोजनालयमा हुन गैरहेको उक्त डम्फु साँझ कार्यक्रममा नेपालका चर्चित कलाकारहरु बिजय लामा, अभिनाश घिसिङ र जेनिशा हमालको पनि बिशेष उपस्थिति रहने आयोजक सँस्थाले जनाएको छ ।
Damfu Logoजापानमा रहेको तामाङ समुदायलाई एकत्रित गरी भाषा, परम्परा लगायतका आफ्ना साँस्कृतिक धरोहरका विविध पक्षलाई संरक्षण एवं सबर्द्धन गर्दै आपसी भाईचारा, मेलमिलाप र सम्बन्धमा बिकास एवं बिस्तार गर्दै आईरहेको तामाङ समाज जापानले हरेक बर्ष डम्फू साँझ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
कार्यक्रममा स्थानीय तामाङ कलाकारहरुका साथै नेपालबाट आमन्त्रित कलाकारहरुको पनि साँगीतिक प्रस्तुती रहने सो समाजका महासचिव हवलचन्द्र लामाले बताउनुभयो ।
स्मरण रहोस्,  डम्फू तामाङ जातिहरुको लोकबाजा टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ मध्येको एक हो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, भुटान, भारतको आसाम, मिनिपुर, इम्फाल, दार्जिलिङ र सिक्किमवासी तामाङ जातिहरुको कुनै पनि कार्यक्रममा डम्फूले बिशेष महत्व राख्ने गरेको पाइन्छ । तामाङ समाजमा विवाह, छेवर (ब्रतबन्ध) देखि सामान्य जमघटमा डम्फू बजाएर सेलो गाउने र नाच्ने चलन छ । डम्फू बज्न थालेपछि तन्नेरी पुस्तादेखि पाकासम्मका तामाङहरु स्वतस्फूर्तरुपमा नाच्न थाल्छन् । ***
damfu Sanjha

तपाईको प्रतिक्रिया