मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो-नेपाली साझा समाज (गुन्मा) जापानले बिजया दशमीको अबसरमा यहि आउँदो १३ तारिकका दिन ओता सिटीको ग्यालेरी हलमा संस्कृतिक तथा शुभ कामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।

समाजका अध्यक्ष राज कुमार लामिछानेको नेतृत्वमा हुने उत्त कार्यक्रममा लोक दोहोरी गायिका भगवती उप्रेती र सूर्य थापाको बिशेष उपस्थित हुनेछ भने प्रज्ञा गिरी र मिना केसीको नृत्य पनि प्रस्तुत हुने कार्यक्रम रहेको छ । स्थानीय कलाकारहरुमा निम्मु लामा, बिष्णु शर्मा पौडेल लगायत आ-आफ्नो प्रस्तुतीहरू देखाउनेछन् । साथै उत्त कार्यक्रममा ब्राजिलियन नागरिक Asmarany Hasnah ले दुई देशको मैत्री सम्बन्ध बढाउने उद्देश्यले बेली डान्सको समेत प्रस्तुति देखाउने कार्यक्रम रहेको सोनाम ढुक्के गुरूङले जानकारी दिए ।

स्मरण रहोस् जापानमा विभिन्न समस्याबाट पीडित बनेका नेपालीहरूलाइ सहयोग गर्ने उद्देश्यका साथ केही महिना अगाडि नेपाली साझा समाजको स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया