मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
टोकियो – जापानी शैलीको रेष्टुरेन्टबाट व्यवसायमा प्रवेश गरेको टीबीआई ग्रुपले शुक्रबार आफ़्नो स्थापनाको दशौं बाषिर्कोत्सब मनाएको छ ।
टोकियोको  होटल इम्पेरियलमा एक भव्य समारोह का बिच बार्षिकोत्सव मनाइएको हो । समारोहलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष भवन भट्टले त्यतिवेला प्रेम र शान्तिको छातामुनि गोलबन्द हुँदै शुरु भएको व्यवसाय अहिले रियल स्टेट, ट्राभल ट्रेड, एप्पेरल्स, होटल, व्युटी सैलोन, एयरलाईन्ससम्म विस्तार हुनु सबैका लागि गर्वको विषय भएको बताए ।
शुरुमा जम्मा १० जना सदस्यबाट शुरु भएको समूह विस्तार हुँदै अहिले ३००० पुगेको छ भने बार्षिक कारोबार १० अर्ब पुगेको छ । अध्यक्ष भट्टले भने,”यसको श्रेय तपाई हामी सबैलाई जान्छ, त्यसैले सबैलाई एकपटक फेरी धन्यवाद दिन चाहन्छु ।”
अमेरिकाको सबप्राईम लोन संकटबाट शुरु भएको आर्थिक मन्दीले सबै झै टिबीआई ग्रुपलाई समेत प्रभावित पारेको उल्लेख गर्दै उनले अर्थतन्त्रसँगै खाद्यान्न व्यवसायले पनि उतार चढाब भोग्नुपरेको बताए ।
यस्तो अवस्थामा पनि सबैको निरन्तर सहयोग, सदभाव र उत्साहका कारण हामी अझै उज्वल भविश्यतर्फ अग्रसर भइरहेको भट्टको भनाई थियो ।
“एउटा परिवारको जस्तै निरन्तरको सहयोग नै हाम्रो उत्साह र सफलताको एउटा प्रमुख कारण हो,” उनले भने,”कम्पनी खोल्दाको उद्देश्य व्यावसाय गर्ने मात्र नभएर सबै सदस्यहरु वीच एउटा सुखद पारिवारिक बन्धन कायम गर्ने थियो । त्यसैको फलस्वरुव अहिले टीबीआई एउटा टोटल विजिनेस इन्ष्टीच्यूटका रुपमा विकास भएको छ ।”
उनले ग्रुपसँग संसारकै सफल व्यवसायिक नेतृत्व स्थापित गर्ने चाहना रहेको बताए । टिबीआई ग्रुप आउदा दिनका चुनौतीहरुको डटेर सामना गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रण गर्ने उनको भनाई थियो ।
जापानी उपमन्त्री मासाकी ताइराले समारोहमा बधाई तथा शुभकामना ब्यक्तगर्दै जापानीहरुले पनि मेहनत र इमान्दारीता र सफलताका लागि भवन भट्टबाट पाठ सिक्नुपर्ने बताएका थिए ।
समारोहमा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले सन १९९८ मा जापानी भाषा विद्यार्थीका रुपमा आएको एउटा व्यक्तिले १० बर्षको छोटो अवधिमा खडा गरेको व्यवसायिक साम्राज्य सबैका लागि गर्व र प्रेरणाको विषय भएको बताए ।
८० भन्दा बढि रेष्टुरेन्ट, एउटा तीनतारे होटल, ट्राभल कम्पनी, रियलस्टेट र विभिन्नमुलुकमा थुप्रै कम्पनी खोलेर एउटा उद्यमी बन्नु एउटा नेपालीका लागि सजिलो नहुने बताउँदै भटराईले यसलाई मेहनत र इमान्दारिताको प्रतिफलका रुपमा आफुले लिएको उल्लेख गरे । न्युजविक जस्तो पत्रिकाले अन्तर्वाता लिएका तीनमात्र नेपालीमा भवन भट्ट परेको खबरले आफुलाई निकै खुशी बनाएको पनि उनको भनाई थियो ।
जापानमा मात्र नभई टिबीआई ग्रुपले विभिन्न कठिनाईका बाबजुद नेपालमा पनि कारोबार आर्थिक दैनिक पत्रिका, युनाईटेड ब्रुअरिज, बीबी एयरवेज लगायत व्यवसायमा लगानी गरेर ठूलो मात्रामा रोजगारी सिर्जनागर्नुका साथै उल्लेख्य कर समेत तिर्दै आएको छ ।
एकहजार भन्दा धेरै व्यवसायी, समाजसेवी, कुटनीतिज्ञ, गैर आवासीय नेपाली लगायत उपस्थित सो समारोहमा अष्ट्रेलियाका धनाढय नेपाली शेष घले लगायत २ सय ५० नेपालीका साथै जापानी राज्यमन्त्री को उपस्थिति रहेको थियो  । ***
DSC_0829(party)
IMG_2085PP (pp DSC_0733(party) DSC_0748(party 2) DSC_0877(party)

तपाईको प्रतिक्रिया