बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो-सोमेन-नो-कोमिची संस्थाको मुख्य प्रायोजन र सिन्जुकु मल्टिकल्चरल प्लाजा टोकियोको सह-आयोजनामा आयोजित “सँगै किमोनो लगाएर अनुभव गरौं’ कार्यक्रम हालै सिन्जुकुमा सम्पन्न भएको छ ।
कार्यक्रममा २० जना भन्दा बढी विदेशीहरुले एकै साथ किमोनो लगाएर किमोनोको बारेमा जानकारी लिए, फोटो खिचे, खिचाए अनि सँगै सिन्जुकु खावुकीच्यो बजार डुले ।
१० देशका नागरिकहरु जम्मा भएको उक्त कार्यक्रममा नेपालीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

kimono1
नेपाल लगायत उजेकिस्तान, स्वीडेन, जर्मनी, फिलिपिन, मलेसिया, कोरिया, ताईवान, चीन र अमेरिकाका नागरिकहरु सहभागी भएका थिए ।
उक्त दिन शुरुमा गएर नाम दर्ता गराउने २० जनासम्मलाई किमोनो लगाउने भनिएको भएतापनि उल्लेख्य सहभागीहरुको उपस्थितिलाई मध्येनजर गरी २० भन्दा बढी जनाले किमोनो लगाउने मौका पाएका थिए ।
“जापानको लामो बसाईमा पनि अहिलेसम्म यसरी सामुहिक रुपमा किमोनो लगाउने अवसर पाएको थिईन, वल्ल आज धोको पुर्‍याईयो”-कार्यक्रममा उपस्थित मध्येकी एक नेपाली पदमा उप्रेतीले समुद्रपारिलाई बताइन ।

kimono2 kimono3 kimono4 kimono5 kimono6 kimono7 kimono8

 

तपाईको प्रतिक्रिया