आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
anju pantaपटक–पटक विवादमा मुछिने गरेकी गायिका अन्जु पन्त पछिल्लो समय गुमनाम छिन् । २०६९ सम्म अत्यन्तै खोजीको सूचीकी गायिका पन्तलाई सबै भन्दा धेरै उनको घरायसी विवादले तनावमा परेकी थिईन् ।
विभिन्न पार्टीमा हुने मदिरा सेवन, नाचगान, पहिरनलगायतका विषयले उनी चर्चामा रहेकी हुन् ।
हुन त उनी १५ बर्षको उमेरदेखि नै गायन क्षेत्रमा छिन् । पन्तले अहिले सम्म झण्डै ५ हजार गीतमा आवाज दिई सकेको दाबी गर्छिन् । यो क्षेमा स्थापित हुन पन्तले १८ वर्ष बसन्त पार गरेको बताईन् । गायिका पन्तसँग गरिएको कुराकानीका सम्पादित अंश:–

गीत/संगीतकै क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
– मलाई मेरो फुपु जानकी केसीले गीत/संगीतको क्षेत्रमा आउन प्रेरणा दिनु भएको हो । उहाँले नै संगीत क्षेत्रमा डोर्‍याएर मलाई ल्याउनुभयो । शुरुमा मलाई गुरु बा’कोमा पुर्‍याइदिनु भएको थियो । गुरुबा अहिले स्वर्गीय भइसक्नु भएको छ । तर उहाँको भूमिका पनि धेरै नै छ । रेडियो नेपालमा भएको कम्पिटिशनमा प्रथम भएपछि मलाई झनै प्रेरणा मिल्यो ।

गीत/संगीतमा  के भनेर लाग्नु भो ?
– हा..हा..कहाँ हुन्छ ? त्यो कसैलाई पनि हुँदैन । म त्यतिबेला संगीतमा लागेर उन्नति गरौंला भन्ने सोंचमा थिइन । यो क्षेत्रमा म रहरै रहरमा लागेकी हुँ ।

तपाई चर्चित हुनुहुन्छ ? यो अवस्था आउला भनेर सोंच्नु भएको थियो ?
– त्यो त मैले सोचेकै थिइन । त्यो त कसैले पनि सोच्दैन होला । तर संघर्ष गरे इमान्दार र दृढ भएर लागि परेमा जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाएँ । शुरुवाती दिनमा म १४ घण्टा त रियाज नै गर्थे । कतिपय ठाउँमा गीत गाउँदा मलाई सबैले राम्रो स्वर छ भनेर प्रतिक्रिया दिँदा लाग्थ्यो म पनि केही गर्न सक्छु । लोकप्रियता नै पाउँछु भन्ने कुरामा दरिलो विश्वास भने राखेको थिइन ।

सबैभन्दा पहिला कुन गीत गाउँनु भएको थियो ?
– मेरो परिवार तथा श्रोताहरु सबैलाई थाहा छ होला मेरो स्वरमा पहिलोपटक सजिएको गीत ‘मनवा मन नै योगी बनाउ….’ भन्ने भजन हो ।
भजन पछि तपाईले कति समयमा अर्को गीत गाउँनु भयो ?
– भजन पछि मैले धेरै कम्पिटिशनहरुमा भाग लिन थाले । त्यसपछि आधुनिक, नेवारीलगायतका गीतहरु गाउँदै अघि बढ्न मद्दत पुग्यो ।

आजकाल के मा व्यस्त हुनु हुन्छ ?
– त्यही हो । संगीतलाई पेशाको रुपमा अंगालीसके पछि त्यतैपट्टी ध्यान र मन जानु स्वभाविक नै भैहाल्यो । गीत रेकर्ड गर्छु । कन्सर्टहरुमा गाउने प्रस्ताव आउँछन् । त्यता पनि समय मिलाएर जान्छु । तर मौसमका कारणले गर्दा आजभोलि अलि कमै कार्यक्रममा जान थालेको छु ।

दिनमा कतिवटा गीत रेकर्ड गर्नुहुन्छ ?
– पहिला ५ वटासम्म गीत रेकर्ड गर्थे । आजभोलि दिनमा एउटा र कहिले काहिँ एक दिन रेष्ट लिएर दिन विराएर पनि रेकर्ड गर्छु ।
एउटा गीत रेकर्ड गरेको कति लिनु हुन्छ ?
– हा..हा..। ओहो….भन्नु र ? नभनुम होला ।

भन्न मिल्छ भने भनिदिनुस् न…।
– विदेशमा रहनु भएकाहरुलाई अन्जु पन्तले ४०/५० हजार लिने हल्ला रैछ । कतिपय ठाउँमा ४०/५० हजार अन्जु पन्तको रेट हो भनि कारोबार पनि हुँदो रै’छ तर वीचमा कता–कता पुग्छ । कस–कसले के गर्छन ? त्यो त थाहा भएन । तर मैले लिने पारिश्रमिक चाहिँ २० हजार हो ।

कन्सर्टको चाहिँ कति लिनुहुन्छ ?
– आ, भ्याली बाहिर जानुपर्दा ९० हजार हो ।
भ्याली बाहिर जाने प्रस्ताव आएको छ ?
– आ केही दिन अघि उदयपुरको रामपुर ठोक्सिलाको लागि प्रस्ताव आएको छ । कार्यक्रमकै लागि कोरिया पनि जाँदै छु ।

चर्चाको शिखरमा पाइला टेकिसक्नुभएकी तपाई, आजभोलि सेलाउनु भयो नी ?
– सेलाउनु भन्ने कुरा त्यस्तै हो । काम गरिनै रा’ छु । मिडियामा पनि आइराको छु । यहाँ तडकभडक नहुँदैमा सेलायो भन्ने मानिन्छ । तर चर्चामा आउन कि त एल्बम निकालेको हुनुपर्‍यो । कि त कुनै विषय वा कारण हुनुपर्‍यो । अब कारण नै नभईकन के हाइलाइटमा आइरहनु । हैन ? तर पनि मेरो बारेमा विभिन्न भाएका नभएका चर्चा भने आइनै रहेकाछन् ।

मिडियामा आएका कुरामा सहमत हुनु हुन्छ ?
– छैन । कतिपयमा त मलाई धेरै चित्त दु:खाई छ । मेरो बारेमा नराम्रो लेख्दा उहाँहरुलाई राम्रो हुन्छ भने म सहिदिन्छु । पछिल्लो समय फेसबुक कन्ट्रोभर्सबारे आएका हल्लाले मलाई आश्चर्यचकित तुल्याएको छ ।

तपाईका पति मनोज राजसँग किन टुट्यो सम्बन्ध ?
– त्यो एउटा समय हो । समय बलवान भनिन्छ । जे चिजको पनि एउटा समय हुन्छ । जे हुन्छ फेरि जिन्दगीमा राम्रैको लागि हुन्छ । र खुसी पनि छु अब । यस्तै हो बलेको आगो सबैले ताप्ने रै’छन् । अब उहाँले अर्को विवाह गरेर नानी पनि हुने बेला भएको छ । खुसी नै छु ।  अनि अर्को कुरा नेपालमा फिमेलहरुलाई चाहिँ गाह्रो हुने रै’छ । ***

तपाईको प्रतिक्रिया