सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

फ्रान्स-एनआरएन फ्रान्सले हरेक बर्ष आयोजना गर्दै आएको गृष्मकालीन वनभोज तथा सामुद्रीक भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

नेपाली-नेपाली बीच अझ बढी भाइचारा अभिवृद्धि गर्ने, वर्षे विदामा अन्यत्र नगएकाहरूलाई एकदिने कार्यक्रम भए पनि पेरिस बाहिर लगेर बिदाको अनुभूति गराउने, समुद्र विहीन देशका नेपालीलाई जल कृडा गर्ने अवसर सृजना गर्ने लक्ष्यका साथ आयोजना हुँदै आएको यो कार्यक्रम सातौं पटकको कार्यक्रम हो ।

वनभोज कार्यक्रममा नेपाली राजदूतावास फ्रान्सका महामहीम राजदूत मोहनकृष्ण श्रेष्ठ, मिनिटर काउन्सुलर रामबाबु ढकाल र तृतीय सचिवको उपस्थिति रहेको थियो । एनआरएन फ्रान्सका संरक्षक हरिहर अर्याल,  फ्रान्सको भ्रमणमा आउनु भएका रसियाका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य डा. बद्री केसीको बिशेष सहभागिता थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष निर्मल अर्याल, उपाध्यक्षद्वय हरिप्रसाद सापकोटा र धनश्याम पौडेल, महासचिव भक्तबहादुर वाग्ले, कोषाध्यक्ष थमनबहादुर टण्डन, सचिव सुवर्ण विक्रम हमाल, सह कोषाध्यक्ष नरेन्द्र शाही, महिला प्रतिनिधि शोभा मैनाली, युवा प्रतिनिधि एकेन्द्रबहादुर मल्ल लगायत सदस्य मीनबहादुर जि.सी., रामेश्वर श्रेष्ठ, निरज श्रेष्ठको उपस्थिति साथै सहयोग रहेको थियो । वनभोज कार्यक्रममा पाकोफेन संघकी अध्यक्ष सुमित्रा प्रधान, साँस्कृतिक गृहका उपाध्यक्ष सुरज श्रेष्ठ, सह–कोषाध्यक्ष विजेन्द्र प्रधान, सदस्य वत्सला अमात्य लगायत नेपाली अन्य मैत्री संघका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो ।

कार्यक्रम पेरिसबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्ने सेनएमार्न भन्ने ठाउँमा अबस्थित बाज द ल्वाजिर जाबलिन आनेत (Base de Loisires-Jabline Annet) छनोट गरिएको थियो जहाँ समुद्रमा जलकृडा गर्ने र अन्य बिबिध खेलकूदहरूका साथै प्राकृतिक वन विहार गर्ने ब्यवस्था थियो। वनभोजस्थलसम्म जानको लागि तीनवटा  बसको ब्यवस्था गरिएको थियो भने केही परिवार आफ्नै गाडीमा गएर सहभागी भएका थिए । कार्यक्रममा १५० भन्दा बढिको सहभागीता रहेको थियो । एनआरएनको ब्यानर र नेपाली झण्डाले सिंगारिएको बस भित्रपनि नेपाली लोक भाकाका गीतहरू, कविता, मुक्तक एवं चुटकिलाहरू सुनाएर रमाइलो गरिएको थियो । कार्यक्रम सकिए पछि पनि पौडी खेल्न पानीमा पसेका युवा युवती तथा चिसो बालुवामा खेल्न रमाएका बालबालिकालाई घर फर्काउन हम्मे हम्मे परेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भक्तबहादुर वाग्लले गर्नु भएको थियो । कार्यक्रममा आगामी सेप्टेम्वरमा हुने एनआरएन फ्रान्सको महाअधिवेशन एवं नयाँ कार्य समितिको निर्माणमा सबैलाइ  भाग लिन, सदस्यता नबनेकाहरूलार्इ सदस्यता बन्न र नवीकरणा नगरेकाहरूलार्इ नवीकरणा गर्न अनुरोध गरिएको थियो ।

तपाईको प्रतिक्रिया