आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

photo (4)टोकियो-नयाँ वर्षको आगमन पश्चात हिउँदको अन्त्य र गृष्मको शुरुवातसँगै जापानी वियर बजारमा  फेरि एक पटक  “लिजेण्ड वियर” ले हलचल ल्याएको छ ।
नेपालबाट पहिलो पटक पेय पदार्थ  बाहिर विदेशी बजारमा क्रमिक रुपमा विगत १२ वर्षेखि आयत गर्दै आएको पहिलो कम्पनीको रुपमा चिरपरिचित मयूर कर्पोरेशन लि. जापानले फेरि छिमेकी राष्ट्र भारतको मध्यवर्ती क्षेत्रकै वहुचर्चित सोम डिष्टिलरी एण्ड ब्रुअरीबाट उत्पादित लोकप्रिय “लिजेण्ड वियर”को जापानको लागि प्रमुख वितरक भै आयात शुरु गरेको छ ।
विगत लामो समयदेखि यस कम्पनीले एभरेष्ट, नेपाल आईस, रियल गोल्ड, गोर्खा लगायतका वियरहरुको जापानी बजारमा निर्यात गर्दै आइरहेको छ । यसै क्रममा कम्पनीले “लिजेण्ड वियर” को पनि प्रमुख रुपमा आयात तथा वितरकको रुपमा जापानी बजारमा भित्र्याइएको जानकारी कम्पनीका प्रवन्ध निर्देशक अरुण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वियर बजारको साथै खुकुरी रम, स्पाईस रम, अल्फासो म्याङ्गगो पल्प, तन्दुर, वाईवाई नुडल्स् र ई.टी.सी. चिया, नेपाली कफी, विविध स्पाईस तथा अन्य सामानहरुको आयात गरी जापानी बजारमा सफलता प्राप्त गरिसकेको मयूर कर्पोरेशन लि. ले यस पटक “लिजेण्ड वियर” ल्याउनुको कारण अरु इण्डियन वियरको दाँजोमा आकर्षक लेवल, शुलभ मूल्यको साथै इण्डियन तथा नेपाली स्पाईसी परिकारसँग सुहाउँदो स्वादको वियर भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।
यस वियर विश्वकै विभिन्न देशहरुमा वजार सफलता पाईसकेकोले पनि जापानी बजारमा अन्य वियरको दाँजोमा यस “लिजेण्ड वियर” को बजार राम्रो हुने विश्वास गरिएको छ ।***

तपाईको प्रतिक्रिया