सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
Leslie Keeटोकियो– टोकियोमा बसोबास गरिरहेका सिङ्गापुरका ४१ वर्षीय फोटोग्राफर लेस्ली कीले पुरुष प्रजनन् अङ्गहरूको फोटोयुक्त पुस्तक बिक्री गरेको आरोपमा जापानी प्रहरीले पक्राउ गरेपछि उनको समर्थनमा जापानका फेसनवादीहरू अगाडि बढेका छन् ।
आरोप प्रमाणित भएमा उनलाई दुई वर्षसम्मको काराबासको सजायसँगै २५ लाख एन जरिवाना हुनसक्छ । जापानमा अश्लील सामग्री व्यापक रूपमा उत्पादन हुन्छ र उपलब्ध हुन्छ तर प्रजनन् अङ्ग देखाउन पाइँदैन । यसका लागि जापानमा पेक्सिलेसनको माध्यमबाट यस्ता अङ्ग नदेख्ने बनाइन्छ ।
जापानका धेरै फेसनकर्मीहरूले प्रहरीको यस कार्यको विरोध जनाएका छन् । सन् २००८ मा जापानको सर्वोच्च अदालतले मापलथोर्पको चित्रहरू अश्लील नभएको निर्णय सुनाएको थियो । यसलाई जापानको कलात्मक स्वतन्त्रताको विजयको रूपमा लिइएको थियो । यसले जापानको कलाकारको सेन्सर कानुनविरुद्धको सङ्घर्ष अन्त्य गराएको थियो ।

तपाईको प्रतिक्रिया