बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

न्यूयोर्क – जुलाई ४ तारिख अमेरिकाको स्वतन्त्रता दिवसको सार्बजनिक बिदाको शुभ अवसरमा बिगत ३० बर्ष देखि लगातार सम्मेलन गराउदै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (नेपाली अमेरिकन संघ) द्वारा एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल भएको सर्ब बिदितै छ । यस बर्ष ३१ औ एएनए सम्मेलन सम्राट राज्य भनेर विश्वले चिन्ने राज्य न्यु योर्कमा आयोजना गरिदै छ ।

परदेशमा अति ब्यस्त जीवन परिवेशमा जिउदै तथा सुनौलौ भविष्य निर्माण निम्ति अहोरात्र मेहनतमा डुबुल्की मारी रहेका नेपालीहरुको बृहत सम्मेलनको रुपमा चिनारी बनाउन सफल एएनए सम्मेलन मुख्य चाडको रुपमा अमेरिकामा स्थापित भै सकेको भन्दा भन्दा अतिशयोक्ति नहोला । प्राकृतिक बिनाससंग दैब्य पनि भयभित हुन्छन, यसपालिको स्याण्डी हुरीले तहस नहस भएको न्यू योर्कको पुनर्निर्माणको कार्य तदारुपताको साथ भै रहेको छ तथापी सो कारणबाट परिकल्पना गरेको योजनामा तुसारोपात ल्याई दिएको कारण समय मै कार्यक्रम स्थान (होटल) को तय गर्न नसकेका हौ भनि ३१ औ सम्मेलन प्रमुख संयोजक समिर महर्जनले भनेका छन् ।

कार्यक्रम स्थल शीघ्र तय हुने र सो को लागि निरन्तर आफु लागु परेको जानकरी महर्जनले दिए भने यी मुख्य संयोजक एक कुशल थोक तथा खुद्रा हिरा तथा गहना ब्यापारी हुन् । सन् २००४ मा पाताल पसी आफ्ना बाबु बाजेले गरेको बिडो थाम्दै न्यू योर्कको जाक्सन हाईटमा पसल तथा अन्य राज्यहरुमा ब्यबसाय संचालन गरि रहेकाछन् भने छोटो समयमा नै अमेरिका जस्तो मुलुकमा एक युवा सफल नेपाली ब्यापारी बन्न सफल भएका छन । आफु व्यस्त रहनुपर्ने भएता पनि एएनए ले दिएको अभिभारालाई शिरोधार्य गरि योजनामा आफु लागि रहेको बताएका छन् ।

एएनएका अधक्ष्य छेवांग शेर्पालामा अनुसार अन्तरिक योजनामा आफु व्यस्त रहेको र स्याण्डीको कारण अलिक तालमेल मिलाउन नसकेको भएता पनि समिति, अन्य महत्वपूर्ण व्यक्तिसंग सम्पर्कमा रही रहेको र झक झकाई रहेको जानकारी गराए भने ३० औ एएनए सम्मेलनमा उत्कृस्ट कार्यक्रम बन्न सफल भएको बाल बालिकाहरुको प्रतिभा प्रतियोगिता र बिद्यार्थीहरुको लागि बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गर्नुभएको थियो । न्यु योर्कमा अझ सुक्ष्म रुपमा काम गर्नुपर्ने र टेक्सास सम्मेलनमा भएको कमि कम्जोर नदोहोरियोस भनि आफु र आयोजक समितिले सतर्क अपनाउने जानकारी गराउनुभयो ।

२९ औ एएनए डिसी सम्मेलनमा उत्कृष्ट फोरम (नेपाल सम्बन्धि कार्यपत्र मंच) चलाउनुहुने संयोजक समाज सेवी तथा उत्तर अमेरिका कै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटी (समाज) का भूतपूर्व अध्यक्ष्य खेम भट्टचनले न्यूयोर्क आफ्नो लागि पानीपधेरो भएको हुनाले त्यस्तो कार्यक्रम गर्न ईक्षा प्रकट गर्दै मिति र सम्मेलन स्थल तय भए आफुले बिदा मिलाउने भन्दै अग्रिम जानकारी गराउनुभयो भने भर्जिनियाका संचारकर्मी तथा समाजसेवी मुक्ति दवाडीले टेक्सास जान नपाईएकोमा न्यु योर्क आफुले नछोड्ने बताएका छन् ।

सन् २०१० देखि लगातार एएनएमा महिला सम्बन्धि कार्यक्रममा चलाउदै आएकी प्रख्यात समाजसेवी बोस्टन स्थित एड्विन संस्थाकी संस्थापक बिष्णु माया परियार पनि यो बर्ष त अझ प्रभावकारी हुनेछ र आफुले महिला सम्बधि कार्यक्रम जिम्मा लिने अभिव्यक्त गरिन भने २९ औ ए एन ए डिसी सम्मेलनका खेलकूद संयोजक चन्द्र लामा पनि आफुलाई दिएको काम फत्ते गर्ने भनि प्रतिबद्दता जाहेर गरेका छन् भने लामाले अहिले सम्म कै एएनएको ईतिहासमा खेलकूदमा सबै भन्दा ज्यादा खेलाडी तथा समुहहरुको सहभागी गराउन सफल भएका थिए ।

जुलाई ४ ,२०१३ तारिखको सप्ताहको सेरोफेरोमा आयोजना हुने ३१ औ ए एन ए न्यूयोर्क सम्मेलन आउन ६ महिनाको अवधि भएता पनि असख्य कार्यहरु गर्नुपर्ने र सम्मेलन सम्बन्धि जानकारी निरन्तर गराउने हाम्रो प्रतिबद्दता हुनेछ ।***

तपाईको प्रतिक्रिया