बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
दुबई –  तामाङ समाज युएईले संधैको वर्षहरुझैं यस वर्षको ल्होछारलाई पनि भव्यताका साथ मनाउने निर्णय गरेको छ ! समाजका उपाध्यक्ष रबिन थिङ् तामाङले दिनुभएको जानकारीअनुसार गत डिसेम्बर १४ तारिख शुक्रबारका दिन सम्पन्न केन्द्रिय कमिटिको बैठकले आगामी फेब्रुवरी ८ तारिख शुक्रबारका दिन दुबईस्थित अस्टोरिया होटेलमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि धुमधामका साथ यस वर्षको ल्होछार मनाउने निर्णय गर्दै उक्त कार्य सम्पन्न गराउनको लागि समाजका महासचिब सुप्रिम गोले तामाङको संयोजकमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ !
साथै समाजका अध्यक्ष राम मोक्तान तामाङले दिनुभएको जानकारीअनुसार कार्यक्रमलाई थप मनोरन्जनात्मक र प्रभाबकारी बनाउनाको लागि यस वर्ष पनि केहि कलाकारहरुलाई नेपालबाट आमन्त्रित गर्ने निर्णय समेत भएको जनाएको छ जसअनुसार गायिका जमुना योञ्जन तामाङ र रामला पाख्रिन तामाङका साथै गायक सागर एस वाईबालाई यस वर्षको ल्होछारमा आमन्त्रण गर्ने जनाएको छ ! कार्यक्रममा नेपालबाट आमान्त्रित कलाकार हरुका अलावा युएईमा ख्यातीप्राप्त कलाकारहरु गायक ज्ञान लामा युएईका कमेडी किङ बले तामाङ तथा  देबी लामा,  दिपक गुरुङ लगायतका कलाकारहरुको प्रस्तुति  समेत रहने जनाईएको छ !
 कार्यक्रम संयोजक सुप्रिम गोले तामाङकाअनुसार कार्यक्रमको तयारी युद्धस्तरमा चलिरहेको र तामाङ समाज युएईले यस वर्षको ल्होछार कार्यक्रम मार्फत सपोर्टमा स्कुल नामकरण कार्यक्रमको घोषणा गर्ने र उक्त्त कार्यक्रमलाई अभियानकोरुपमा हाललाई युएईबाट सुरुवात गरि भबिष्यमा बिश्वब्यापी अभियान बनाउने लक्ष तामाङ समाज युएईको रहेको र उक्त कार्यक्रमलाई कसरी प्रभाबकारी र सफल बनाउन सकिन्छ भनेर विभिन्न क्षेत्रमा दखल राख्ने सामाजिक कार्यकर्ता र बिज्ञहरुसंग राय सुझाब संकलनमा व्यस्त रहेको जनाएको छ !
समाजका संस्थापक अध्यक्ष एबं वर्तमान संरक्षक छत्र लामाकाअनुसार समाजले निकट भबिष्यमा घोषणा गर्न गईरहेको उक्त्त कार्यक्रम समाजले हालै नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको निष्कर्षलाई कार्यान्वन गर्ने सुरुवातको एउटा स्वरूप रहेको जनाएको छ ! स्मरण रहोस तामाङ समाज युएईले गत नोभेम्बर १० तारिखका दिन काठमाडौंमा  ” तामाङ समाजको वर्तमान अवस्था र गैरआवासीय तामाङहरुको भूमिका” विषक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा तामाङ समुदायका विशिष्ठ बुद्धिजिबी, राजनीतिज्ञ, विभिन्न क्षेत्रका बिज्ञहरु, पत्रकारहरु  साहित्यकारहरु लगायतका महानुभाबहरुको बाक्लो उपस्थित रहेको थियो ! सोहि समारोहमा तामाङ समाज युएईले काभ्रेपलान्चोक जिल्लाको दुर्गम गाउँमा रहेको एक बिद्यालयलाई नगद नेपाली रुपैया एक लाख सहयोग स्वरुप प्रदान गरेको थियो !  ***

तपाईको प्रतिक्रिया