बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

Baglung sewa samaj Logo (1)दुबई । बागलुङ जिल्लावासीहरुको साझा संस्था बागलुङ सेवा समाज युर्एइले आफ़्नो एक बर्षको कार्यकाल पूरा गरेको उपलक्ष्यमा आगामी ४ जनवरी २०१३ शुक्रबारका दिन दुबईको सिन्ध पन्जाब रेष्टुरेण्टमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु, कलाकार, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको बृहत् भेला गरि विविध गजल र कविताहरु बाचनका साथ बाषिर्कोत्सव तथा नव बर्ष २०१३ को शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा युर्एइस्थित कार्यरत बागलुङ जिल्लावासीहरुलाई आइपर्ने समस्याहरुको समाधान तथा सबैलाई समेट्ने हेतुले गोपाल कंडेलको अध्यक्षतामा गत साल १६ सेप्टेम्बर २०११ मा विधिवतरुपमा स्थापना गरिएको थियो । समाजले आफ्नो एकबर्षको कार्यकाल सफ़ल्तापूर्वक पूरा गरेको अवसरमा बाषिर्कोत्सव मनाउन लागेका हुन् ।

स्थापनाकालदेखि नै प्रवासी नेपालीहरुलाई आईपरेका समस्याहरुको समाधान गर्दै युर्एइमा रहेका अन्य विभिन्न संघ संस्थाहरुसंग पनि सहकार्य गर्दै आइरहेका छन् । त्यस्तैगरी दशैं, तिहार, नयां बर्षको कार्यक्रम तथा भलिवल प्रतियोगिताको आयोजना गरि देशको कला, सँस्कृति र खेल जगतको पनि उत्थान गरेको पाइन्छ । प्रवासको भूमिमा पनि आफ्नो रोजगारीबाट बचेको समयलाई सामाजिक कार्यमा योगदान पुर्‍याएका छन्, बागलुङ समाजका पदाधिकारीहरुले ।

उक्त बार्षिक कार्यक्रमको अवसरमा युर्एइमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुनको लागि सोही समाजका कोषाध्यक्ष पिताम्बर पाण्डेले आग्रह समेत गर्नुभएको छ । ***

 

 

तपाईको प्रतिक्रिया