बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

DSC09096भर्जिनिया –   गत आइतवार अमेरिकाको भर्जिनिया राज्यको मनाससमा धरान-अमेरिका समाजको बार्षिक अधिवेशन सम्पन्न भयो ।

धरान-अमेरिका समाज अमेरिकाको भर्जिनियामा सन् २०१० मा स्थापना भै अमेरिकी सरकारबाट गैर मुनाफा संस्था ५०१ (सी )३ प्राप्त गर्ने एक सामाजिक संस्था हो र मूलत नेपालमा सामाजिक सेवा गर्ने अभिप्रायले स्थापित संस्था कार्यक्रम माथि कार्यक्रम भन्दा सेवाप्रति समर्पित हुने लक्ष्य राखेको छ । आज एक कार्यक्रम बीच नया कार्यकारी समितिको घोषणा प्रमुख निर्वाचन आयुक्त समाजसेवी तथा अमेरिका नेपाल सोसाईटीका पूर्वअधक्ष्य खेम भट्टचनले गर्नुभयो भने नया पदाधिकारीलाई खादा ओढाई स्वागत गरिएको थियो ।

कार्यक्रमको संचालन महासचिब आरके धमलाले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाधक्ष्य बिमल आचार्यले गर्नुभएको थियो र यिनै उपाधक्ष्य नब निर्वाचित अधक्ष्य भएका थिए।

मन्तब्य गर्नेहरुमा अमेरिका नेपाल सोसाईटीका, वाशिंगटन डिसीका नवनिर्वाचित अधक्ष्य ठाकुर पुडासैनीले शुभकामना दिदै समुदायको कार्यलाई प्राथमिकता दिनुपर्ने र सामुदायिक कार्य प्राप्ति गर्दै जानुपर्छ भन्ने विचार पोख्नुभयो । कार्यक्रमलाई संक्षिप्त बनाउन वक्ताहरु कम राखिएको थियो भने संस्थाका संस्थापक अधक्ष्य तथा वर्तमान एएनए (दि एसोसिए सन् अफ नेपालिज इन अमेरिका) का अन्तरिम महासचिब विजय थापाले धरान-अमेरिका समाज किन र कसरि जन्मिएको हो र के के काम गर्न सफल भएको बारे जानकारी संस्थापकको हैसियतले गराउनुभएको थियो । प्रारम्भिक चरणमा धरान-अमेरिका समाज नामाकरण गर्दा टिका टिप्पणी उठेकाले अमेरिकामा नामको पछाडी व्यक्ति लाग्नु र समय खर्च गर्नु भन्दा उक्त संस्थाले समाज सेवामा कतिको भूमिका निर्वाह गरिरहेका छन् भन्ने तिर लाग्नु बुद्धिमानी हुने कुरा गर्दै सबैको ध्यानाकर्षण गराउनुभएको थियो ।

DSC09017संस्थापक अधक्ष्य विजय थापाले अमेरिकाका ख्यात्तिप्राप्त अमेरिकन पत्रकारकारहरु र आन्तरिक राजश्व कर बिभागसंग धरान-अमेरिका समाज नाम परिवर्तनबारे भलाकुसारी गरेको प्रशंग उल्लेख गर्दै हामी आफ्नो कुरामा बढ्ता ध्यान दिनपर्ने र अमेरिकामा अरुको चियोचर्चोतिर समय खेर नफाल्नु भन्दै फलानाको नाम भएन अर्को परिवर्तन गर्नुपरयो आदि ईत्यदिमा कदापी समय फाल्न नहुने भन्नुभयो ।

हामी अरुको दर्ता भएको संस्थाको नामलाई लिएर अमेरिकामा रहेर नेपाल जस्तै सोच लिएर टिकाटिप्पणी गर्ने हामीलाई केहि अधिकार नभएको र कसले अधिकार दियो भन्दै यस्तो कुराले अमेरिकन माटोमा विभेदको प्रश्न हुने हुनाले सबै विद्वत वर्गलाई कुनै पनि संस्था जन्मन्छ भने स्वागत गर्नु पर्ने भन्दै यस्तो सोचाई नल्याउनु हुन अनुरोध गर्नुभयो । प्रमुख अतिथि तथा प्रमुख निर्वाचन आयुक्त खेम भट्टचनले नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गर्नु अघि सारगर्भित मन्तब्य दिदै धरान-अमेरिका समाजको खुब प्रसंशा गर्दै सानो संस्था भनेर हिचकिचाउनु नहुने विचार ब्यक्त गर्नुभयो । धरान-अमेरिका समाजका सदश्य डा. सुदिप श्रेष्ठ जो करौडौको परियोजना लिई नेपालको धरानमा बस्दै नेपाल सरकारका उपप्रधान मन्त्रि तथा परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठ र कृषि मन्त्रालय र मुख्य सचिबसंग सरल रुपमा भेटघाट गरिरहनु भएको भन्दै धरान समाजको आफ्नै गौरब छ भन्नु भयो । कसरि डा. सुदिप श्रेष्ठले आफ्नो परियोजना सुरुवात गर्नुभयो भन्ने बारेमा पनि जानकारी गराउनु भएको थियो ।

सानो संस्था आपत बिपतमा ठुला संस्थाहरु एकत्रित हुन नसक्ने तर साना साना संस्थामा छिटो छरितोरुपमा ऐक्यबद्दता हुने हुदा उदाहरणसहित केहि बर्ष अगि नेपालका प्रशिद्ध पौडी खेलाडीको अमेरिकामा मृत्यु हुदा ठुला संस्थाले सानो आर्थिक रकम जुट्न सकेको तर गुरुङ समाज जस्तो संस्थाले २० लाख भन्दा बढ्ता पैसा उठाई उद्दार गरेको उदाहरण दिनुभएको थियो । वहांले थप हौसला प्रदान गर्दै अप्ठ्यारो पर्दा यस्तै साना संस्थाहरुले मदत गर्ने छ भनि भन्दा उपस्थित सबैले कान ठाडो पारेका थिए। वहांले पनि सानो संस्था भन्दा त्यो संस्थाले गरेको क्रियाकलाप र समाज सेवालाई हेर्नुपर्ने कुरामा जोड दिनुभयो । आफु म्याग्दी निवासी तर धरान अमेरिका समाजले प्रमुख निर्वाचन आयुक्त तथा प्रमुख अतिथि बनाएकोमा हर्ष व्यक्त गर्दै धरान अमेरिका समाजलाई धन्यबाद दिनुभयो ।

DSC09020प्रमुख निर्वाचन आयुक्त खेम भट्टचन संघ तथा संस्थामा लामो समय देखि आबद्द रहनुभएको, जापानमा पनि सामाजिक संस्थामा क्रियाशील भै नेतृत्व समेत लिई सक्नुभएको खारिएको र योग्य ब्यक्ति ठहर गर्दै उक्त पदमा नियुक्ति गरेको थियो । समाजले वहांलाई कृतज्ञता ज्ञापन गरेको थियो । धरान-अमेरिका समाजलाई उल्लेखनीय योगदान गर्नु हुने पदाधिकारी तथा शुभ चिन्तकहरुलाई प्रमुख अतिथिले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा वाशिंगटन डिसी महानगरीय क्षेत्र वरिपरिका अतिथिगणहरु क्रमश अनेसास (अन्तरराष्ट्रिय नेपाली साहित्य समाज) का संस्थापक होमनाथ सुबेदी, जनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केशब बराल, अनेसास डिसी शाखाका अध्यक्ष प्रकाश नेपाल, अमेरिका नेपाल समाजका अध्यक्ष  ठाकुर पुडासैनी, पूर्वसचिब मुक्ति दवाडी तथा अन्य लब्धप्रतिष्ठित ब्यक्तिहरुको पनि उपस्थित रहेको थियो ।

धरान-अमेरिका समाजका अध्यक्ष  श्याम लिम्बुले अहिलेसम्म गरेका कार्यहरु बाल आश्रम, बृध्दाश्रम र यातायात मजदूर संगठनद्वारा संचालित सीपमुलक कार्यक्रमलाई लुगा सिउने यन्त्र दिएको कुरा उल्लेख गर्दै नेपालका नेताहरुको क्रियाकलापबाट बितृष्णा जागेको विचार व्यक्त गर्नुभयो भने उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम समापन साथै जलपान समारोहको आयोजनाको गरिएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुको नामावली :
1. बिमल आचार्य- अध्यक्ष
2. प्रकाश कटुवाल – उपाध्यक्ष
3 राधाकृष्ण धमला – महासचिव
4. होमबहादुर आले- सचिब
5. सुमन मानन्धर -कोषाध्यक्ष्य
6. दिपक गौतम – सह-कोषाधक्ष्य (कोलोराडो )

DSC09101DSC09107सदस्यहरु :
7. पशुपति घिमिरे (Richmond)
8. राजेन्द्रराज भण्डारी
9. भरत पौडेल
10. मोहन उप्रेती
11. मोहन घिमिरे

तपाईको प्रतिक्रिया