Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

युएई – युएइका लागि नेपाली नियोग प्रमुख दीपक अधिकारीले प्रवासमा रहेपनि नेपालीहरुले रोजगारीबाट मिलेको फुर्सदमा सामाजिक सेवाको निम्ति रचनात्मक काम गरेको बताएका छन । नेपाली समाज मुसाफा क्षेत्रीय समितिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा बोल्दै अधिकारीले नेपाली समाजलाई युएइमा रहेका सम्पूर्ण नेपालीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्दै जनचेतनाका गतिबिधिमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन । त्यसप्रकारका गतिबिधिमा दूताबासले सदैब सहयोग गर्ने उनले बताए ।

इस्लामहरुको महानचाड इद तथा हिन्दुहरुको महानचाड बिजया दशमीको अबसरमा आयोजित भलिबल प्रतियोगिताको उदघाटन कार्यक्रमका बिशेष अतिथि नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकालले प्रवासी नेपालीहरुलाई फुर्सदको समयलाई आफ़्नो लागि भन्दा पनि हाम्रो लागि सदुपयोग गर्ने इच्छाशक्ति मिलोस भन्दै शुभकामना दिएका थिए । ढकालले नेपाली समाजले सेवा गर्छ राजनीति गर्दैन भन्दै युएइमा रहेका प्रवासी नेपालीको सहयोगका लागि स्थापित सम्पूर्ण संघसस्थालाई माउसंस्था नेपाली समाजमा गोलबन्द हुन आवाहान गरे ।

प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै आयोजक समितिका अध्यक्ष धनेन्द्र राईले नेपाली दाजुभाइलाई पर्बको अवसर पारेर एकै स्थानमा जम्मा गरी मनोरंजन दिलाउने उद्देश्यले प्रतियोगिता राखिएको जनाए । राइले २२ बर्ष देखि निरन्तर हामी नेपालीहरुको सेवामा क्रियाशील नेपाली समाजलाई पछिल्ला समय नकरात्मक प्रचार गर्न थालिएकोले समाज सामाजिक सेवा, रचनात्मक तथा सृजनात्मक गतिबिधिमा सक्रिय छ भन्नका लागि पनि प्रचारमुलक भालिबल प्रतियोगिता राखिएको बताए ।

अक्टोबर २५ र २६ गते आइकाड खेल मौदानमा सम्पन्न पतियोगीतामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा काठमाण्डु रेष्टुरेन्ट प्रथम, गोर्खा समाज दोस्रो आधिखोला स्यान्जा तेस्रो स्थान हुंदै पुरुस्कृत भए । बिजेता टोलीहरुलाई प्रमाणपत्रको साथमा प्रथम र दोस्रो स्थानमा रहेको टोलीलाई खसी तथा तेस्रो स्थान प्राप्त गर्ने टोलीलाई नगद उपहार प्रदान गरिएको थियो । हिमालय रेमिट मुख्य प्रायोजक रहेको प्रतियोगितामा काठमाण्डु रेष्टुरेन्ट, हिमालय रेस्टुरेन्ट, ग्लोबल इन्मेटटेन प्रालिले सहप्रायोजन गरेका थिए । ***

 

 

 

तपाईको प्रतिक्रिया