दुबाई – यही २३ अक्टोबरका दिन संसारकै अति चर्चित एटलान्टिक होटेल दुबईमा दशैं शुभकामना सहित एटलान्टिक नेपाली दशैँ सांगीतिक साझ सम्पन्न भएको छ । अति चर्चित होटेलमा कार्यरत नेपालीहरुको संयोजकत्वमा जुमेरा भिलेजमा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए । गैरआबसीय नेपाली संघ युएईका आध्यक्ष चन्द्ररोका प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ शाखा युएईका कार्यबाहक उपाध्यक्ष निमकान्त पाण्डे, बिष्णु आचार्य सेनीफर डाईरेक्टर अफ आईटी एटलान्टिक होटेल, क्रिसिना रहनुभएको थियो ।
राष्टियगानबाट सुरु गरिएको कार्यक्रमलाई दिप्ती राई र सुदिप बिडारीले आज यसरी हामीले बिदेशमा परिवारको रुपमा बिजया दशमी मनाउन पाउंदा निकै हर्षित हुदै अंग्रेजी र नेपाली दुवै भाषामा संचालन गर्नुभएको थियो । कार्यक्रमलाई स्थानीय कलाकारहरुले ज्यादै आकर्षक र मनोरन्जक बनाएका थिए भने नेपालको पर्यटन द्धश्यलाई साइटमा भिडियो मार्फत निरन्तर देखाईरहेको थियो ।
कार्यक्रमलाई उदघाटन दिप प्रज्वलन गर्दै अध्यक्ष रोकाले नेपालीहरुको महानपर्ब बिजयादशमीको शुभकामना दिने सूबर्ण मौका मिलेकोमा खुसि व्यक्त गर्दै एनआरएन युएईले पनि नेपालीका लागि नेपाली भन्दै सहयोग गर्दै आएको अब आउदा दिनहरुमा हामी संगै मिलेर आगाडि बढ्नलाई यस क्षेत्रमा कार्यरत साथीहरुले पनि हातेमालो गर्नु हुनेछ भन्ने बिश्वास लिएको बताउनु भयो ।
ड्रीम़ी लोप्चनको शुभकामना मन्तब्यबाट सुरु गरिएको कार्यक्रमलाई चिनजान थिएन चिनी नहाले जस्तो चिनजान भयो अब फुलको माला गासे जस्तो भन्दै बिदेशमा रहेर पनि हामी यसरी बिजया दशमी मनाउन पायौ भन्दै आयोजक टिमका बिष्णु आचार्य, बद्री कोईराला, राज गुरुङ, अर्जुन केसी, दिनेश दाहाल, केशब चौलागाई, साबित सिलाल, सन्ध्या प्रधान, बिरबहादुर पुरी, बल पुन, सुदिप बिडारी, दिप्ती राई, ड्रीम़ी लोप्चन, धरम थापा र बिष्णु पौडेल रहनुभएको थियो । म हुं नेपाली बाबु मेड ईन नेपाल भन्दै सुरुमै अर्जुन केसीको नृत्यले कार्यक्रमलाई उत्साहा थपेको थियो भने मन त मेरो नेपाली हो भन्ने गीतलाई भरतले स्वर दिनुभएको थियो ।
युएईमा रहेको मूल घर डिजेको प्रस्तुतिमा दर्शकहरु उफ्री उफ्रि नाचेका थियो । हिमाल पहाड तराइमा हुने र शहर देखि गाउंसम्म गरिने नेपालीको दशैंको झल्को आउने गरि भब्यरुपमा सम्पन्न कार्यक्रमलाई अलअलिया एक्चने र नजिकैको मार्केटले पनि प्रायोजक गरेको थियो । ***