Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

सउल – विजया दशमीको दिन दक्षिण कोरियास्थित नेपाली दूतावासमा एक कार्यक्रम विच दशैंको टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले उपस्थित नेपालीहरुलाई टिका र जमरा लगाईदिनुभएको थियो ।दक्षिण कोरियाका नेपालीहरुले प्रवासमै भए पनि दशैं मनाउन पाएकोमा खुसी लागेको प्रतिकृया दिएका छन ।

राजदूतलामाबाट टिका ग्रहण गर्दै एनआरएनका महासचिव तेन्जी शेर्पाले दक्षिण कोरियामै रहेर पनि टिका लगाउन पाउदा खुसी लागेको बताए । यसैगरी एनआरएन कोरियाका अध्यक्ष केपि सिटौंला, पूर्व अध्यक्ष विनोद कुवर, पूर्व आईसीसी सदस्य गंगा राई, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी लगायत नेपालीहरुले टिका लगाएका थिए । कार्यक्रममा दिईएको सेलले दिपावलीको पनि सम्झना गराएको कार्यक्रममा सहभागिले बताए ।

तपाईको प्रतिक्रिया