आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ब्रुनाई  –  विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको हालै बसेको नियमित साइबर बैठकले महासंघ स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा विश्वका विभिन्न मुलुकमा रहेका महासंघका शाखाहरु मध्येबाट उत्कृष्ट शाखा घोषणा गरिने भएको छ ।उक्त छनौट कार्यका लागि महासचिव सदस्य-सचिव रहेको ३ सदसिय छनौट समिति निर्माण गरेको छ । सदस्यहरु क्रमशः उपाध्यक्ष सुरेशजङ्ग शाह (वेलायत), सल्लाहकार कविताराम श्रेष्ठ (नेपाल) र खगेन्द्र पन्धाक लिम्बु (थाइल्याण्ड) रहनुभएको छ ।

बैठकले सबै शाखाहरुलाई स्थापना तथा भानु जयन्तिको अवसरमा विभिन्न कार्यक्रम गर्न निर्देशन जारी गरेको छ भने उक्त असार २९ तदनुसार १३ जुलाई को दिन केन्द्रिय समितिले पनि साइवर भेला गर्ने निर्णय गरेको छ ।

तत्कालै नेपालमा सम्पन्न हुन गईरहेको आसम र नेपाली साहित्यकारहरु बीचको साहित्यिक कार्यक्रमलाई महासंघको तर्फबाट सहभागिता जनाउन पार्षद सुरेन्द्र लिम्बुलाई जिम्मेवारी दिईएको छ ।

स्मरणरहोस, महासंघको स्थापना सन् २०१० को जुलाई १३ मा स्थापना भएको थियो र हाल विश्वभरका १२ मुलुकमा १३ शाखाहरु स्थापना भई संचालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया