आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
तनहुँ- तनहुँमा समाचार संकलन गर्न गएका २ जना पत्रकारलाई सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले हातपात तथा दुर्व्यवहार गर्नुभएको छ ।
हात्तिपाईले रोगको समाचार संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा विहान करिव पौने ११ वजे पुगेका अधिकारीलाई स्वास्थ्य कार्यालयको निवासमा रक्सी खाएर मातेका प्रजिअ घिमिरेले तथानाम गाली गर्दै हात हालेका हुन् ।
अधिकारीसँगै दमौलीबाटै प्रकाशित पत्रिका मादीसेती प्रवाहका सम्पादक तथा पत्रकार महासंघ तनहुँ शाखा सचिव ओमकार आचार्य समेत दुर्ब्यवहारमा परेका छन् ।
विहान समचारको संकलनको लागि जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. शुसिल प्याकुरेललाई भेटन उहाँको क्वाटरमा पुगेको बेला त्यही रहेका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले हातपात गरेको पीडित पत्रकारहरुको भनाई छ ।
तपाईको प्रतिक्रिया