Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
धरान- खेलकुद राज्य मन्त्री गोपी अछामी सवार गाडीमा ढुंगा प्रहार गर्न खोज्ने तीन जना एमाओवादीका पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न माग राखी आज पूर्वाञ्चल बन्द गरेका पूर्व लडाकुहरुले धरान आउँदै गरेका राज्य मन्त्री अछामी सवार गाडीमा दिउँसो ढुंगा प्रहार गर्न खोजेका थिए।
प्रहरी स्कर्टिङसहित खेलकुद कार्यक्रममा सहभागी हुन धरान आउँदै गरेका राज्य मन्त्री अछामीलाई पूर्व लडाकुहरुले धरान ८ स्थित वरगाछीमा ढुंगा प्रहार गर्न खोजेका थिए। प्रहरीले ढुंगा प्रहार गर्न खोज्ने धनकुटाका युगल राई, उमेश राई र धरान १० का राजकुमार चापागाईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखेको छ।
स्कर्टिङसहित धरान आउँदै गरेका राज्य मन्त्रीको गाडीमा ढुंगा प्रहार गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी राजेन्द्र विष्टले बताए। उनीहरुलाई माथिल्लो निकायको आदेश बमोजिम छाड्ने वा कारबाही गर्ने डिएसपी विष्टले बताए।
तपाईको प्रतिक्रिया