शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं- माओवादीको आन्तरिक कलहले संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमिति बैठक स्थगित भएको छ ।
नयाँ संविधान निर्माणका क्रममा आउने विवाद समाधानका लागि गठित संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बुधबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक अचानक स्थगित भएको उपसमिति सदस्य सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठक स्थगित हुनुको कारणबारे भने आफूलाई थाहा नभएको उहाँले बताउनुभयो ।
श्रोतका अनुसार उपसमिति संयोजक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र गृहकार्य हुन नसकेको जनाउँदै बैठक स्थगित गराउँनु भएको हो । उपसमितिको अर्को बैठक कहिले बस्ने भन्नेबारे भने केही पनि बताइएको छैन ।
पछिल्लो समय दलहरुबीचसंविधान निर्माणका क्रममा देखिएका विवाद समाधानका लागि निरन्तर बैठक बसी छलफल गर्ने सहमति सहमति भएको थियो ।
तपाईको प्रतिक्रिया