मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
मलेसिया (क्वालालम्पुर)- आठ महिना अगाडि मलेसियामा ज्यान गुमाएका एक नेपालीको बल्ल दाहसंस्कार गरिएको छ । गौडा ९ लमजुङका मनिराज घलेको ज्यान गुमाएको आठ महिना पछि शुक्रबार मलेसियामै दाहसंस्कार गरिएको छ ।
चार वर्ष अगाडि पर्यटक भिषामा मलेसिया आएर अवैधानिक हिसाबले लुकेर सुरक्षा गार्डको काम गरिरहेका घले लामो समयदेखि आफन्तहरुसँग सम्पर्क विहिन हुनुभएको थियो । पछि कामदारहरुले उहाँ काम गर्ने स्थानमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सेक्युरिटी कम्पनीमा अर्कैको पासपोर्टको फोटोकपि देखाएर काम गरिहरेका घलेको वास्तविक नाम र ठेगाना पत्ता नलागेको कारण आठ महिनासम्म शव अस्पतालमा रहेको थियो । मलेसियामा रहेका आफना दाजु गम बहादुर घलेले भाइको खोजी गर्न थालेपछि उहाँको पहिचान खुलेको थियो ।
शव नेपाल पठाउन असजिलो भएको र पठाउँदा धेरै खर्च लाग्ने भएपछि मलेसियामा नै उहाँको दाहसंस्कार गरिएको हो ।
उहाँको मृत्युको कारण भने हालसम्म थाहा हुन सकेको छैन  ।

तपाईको प्रतिक्रिया