सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
पाँचथर– जिल्ला विकास समिति पाँचथरका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी हरिश्चन्द्र नेम्वाङको आज ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधन विहान साढे एघार वजे फिदिम ३ स्थित निजी निवासमा भएको हो ।
दुवै मृगौलाले नेम्वाङका दुवै मृगौलाले काम छोडेको थियो । उहाँको निधन पछि यतिखेर अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला स्थित कार्यालय संघ संस्था र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेम्वाङको घरमा भेला भएका छन् ।
उहाँ जहाँनिया राणा शाषा र पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलनमा सकृय रहँदा पटक पटक जेल समेत पर्नु भएको थियो । नेम्वाङका ३ छोरा २ छोरी र एकजना श्रीमती हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया