Video News

  • दिशानिर्देश – राजनीतिक विश्लेषक सी.के. लालसंगको कुराकानी

  • साझा सवाल – भूकम्पीय जोखिम न्यूनीकरण (Episode 271)

    विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित हुनुहुन्छ ।
  • साझा सवाल – महिला हिंसा (Episode 270)

    काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो। वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आज हामी महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस गर्दैछौं । बहसमा हामीसँग अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष एवं एनेकपा माओवादीका नेतृ शशी श्रेष्ठ, राष्ट्रिय महिला आयोगक...
  • साझा सवाल – कर्मचारी संयन्त्र (Episode 269)

    अन्तर्वार्ता गरेका गणतन्त्रपछिका सबैजसो प्रधानमन्त्रीले सोचेजति आफूले काम गर्न नसक्नुको दोष चाहिँ कर्मचारी संयन्त्रलाई दिएका छन् । अचम्म त के छ भने मुख्यसचिव, सचिवहरुले गर्ने मुल्यांकनमा नेपालका हरेकजसो कर्मचारीले सयमा सय नै नम्वर पाएका हुन्छन् । त्यसो भए कर्मचारी संयन्त्रका नाइके मुख्यसचिव लीलामणि पौड्याल कसरी मुल्यांकन गर्छन् त नेपालको कर्मचारी संयन्त्रलाई?साझा सवालको यो अङ्क पोखरामा रेकर्ड गरिएको हो ।
  • विल्सनविक्रम राई (तक्मे बुढा) संग कुराकानी

    नेपालका चर्चित हास्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) संग उहाँको कलाकारिता जीवनका विविध पक्षहरुका बारेमा समुद्रपारि डट कमले गरेको कुराकानी । उहाँ नेपाल मगर संघ जापानको १७ औं लाङ्घाली साँझ - २०१३ का लागि टोकियो आउनुभएको हो । सौजन्यः गुरुङ डिजिटल भिडियो टोकियो  
  • साझा सवाल – बन फँडानीको राजनीतिक अर्थतन्त्र (Episode 268)

    नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा, पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५ जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो । सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड पारिएको देखाउँछ । बन संरक्...
  • साझा सवाल – प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचार (Episode 267)

    नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'। भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।
  • निकास के? – विश्लेषक सि.के. लालसंगको कुराकानी

  • साझा सवाल – राजनीतिक अनिर्णयको बन्धनबाट निकाल्न युवा नेताहरुको भुमिका (Episode 266)

    पूर्व संविधानसभाका ठूला दलका ठूला नेताहरु देश बिगारेको दोष बोक्दाबोक्दा हैरान भए झैं देखिन्छन् । नयाँ चुनावको कुरा गर्ने तर कस्को नेतृत्वको सरकारले चुनाव गराउने भन्ने असहमतिमा ६ महिना खेर फालिसकेका प्रमुख दलका युवा नेताहरु चाहिँ अहिले के हेरेर बसेका छन्? अहिलेको राजनीतिक उकुसमुकसबाट देशलाई निकाल्न युवा नेताहरुले हस्तक्षेपकारी भुमिका खेल्न सक्छन् त? राष्ट्रपति तीन सातादेखि सहमतिमा नयाँ सरकार गठन गर्न दलहरुलाई म्याद थप गर्दै बसिरहेकाछन् । तर न सहमतिको लक्षण देखिएको छ, न राजनीतिक रुपमा बन्धक देखिएक...
  • साझा सवाल – संवैधानिक निकायमा रहेको रिक्तता (Episode 265)

    सरकार मात्र होइन ठूला साना सबै दल वैशाखमा चुनाव गर्ने भन्दैछन्, तर एक महिनापछि निर्वाचन आयोगमा कोहि आयुक्त हुनेछैनन्। करीव ६ बर्षदेखि भ्रष्टाचारको छानविन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ति हुन सकेको छैन न त महालेखा परीक्षकको नियुक्ति हुन सकेको छ । अर्को संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष पद पनि खाली नै छ । हुँदाहुँदा अब त अदालतहरु पनि न्यायाधीश बिहीन हुन थालेको अवस्था छ । यस्ता संवैधानिक निकायमा हुने रिक्तताले के असर पार्छ ? किन नियुक्त हुन सक्दैनन् आयुक्तहरु ?...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित