शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् ।

  barsha_father

“हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ, १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु,” उनले भने । फिल्म समिक्षकबाट पनि ‘जात्रा’ ले गतिलो प्रतिक्रिया पाएको छ, फिल्म एकपटक हेरीसकेका कतिपयले दोहोर्याएर हेर्न आतुर रहेको समेत बताएका छन् त्यसले जोस जाँगर बढेको उनको भनाई छ ।

jatra

फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताएका छन् । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् । “फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका कारण दर्शकको सख्या पनि हलहरुमा बढीरहेका छन्, यसले अर्को फिल्म बनाउन सजिलो पर्ने देखेको छु” उनले भने ।

jatra_-1

पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र झाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ । पछिल्लो समय क्युट नायिकाको रुपमा चर्चा बटुलेकी वर्षा राउत पनि यस फिल्ममा फरक रुपमा प्रस्तुत भएकी छिन् ।

वर्षाको अभिनयलाई लिएर उनको बुवाआमाले भने मन खल्लो भएको प्रतिक्रिया दिएका छन् । फिल्मले निकै हँसाउँदो रहेछ, तर आफ्नी छोरी भने धरै रुँदी रहिछ, त्यसैले मनै खल्लो भयो, वर्षाको आमाले बताइन् ।

हेर्नुहोस् भिडियो

 

https://www.youtube.com/watch?v=xCs6VxxCeqA


तपाईको प्रतिक्रिया