शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – आज बिहान ४ बजे ओसाकामा एक नेपालीको हत्या भएको छ ।

काठमाडौं निवासी करिव ४० बर्षिय बिष्णु धमलाको हत्या भएको घटनास्थलबाट हाम्रा सहकर्मी तुल्सीराम खरेलले बताए ।

जापानी श्रीमती भएका धमला एकदशक अगाडिदेखि जापानमै थिए । खरेलकाअनुसार हाल उनी रेष्टुरेन्ट ब्यवसायमा संलग्न रहेको र गएराती माघेसंक्रान्ति मनाउनेक्रममा रेष्टुरेन्टमै खाईपिई गरी बिहानको ४ बजेतिर कोठामा फ़र्कदै गर्दा उनीमाथि जापानीहरुसमेतको ४ जनाको समूहले आक्रमण गर्नुका साथै  सांघातिक कुटपिट गरी उनको हत्या गरेका थिए । हत्यामा संलग्न २ जना जापानीहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने २ जना फरार छन् । हत्यामा संलग्न ४ जनाको समूहमा २ जना महिला पनि रहेको थाहा भएको छ । हत्याको कारण भने सबै खुल्न सकेको छैन । अहिले घटनास्थलमा स्थानिय समाजसेवी नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ ।

रेष्टुरेन्टबाट कोठामा फ़र्कनेक्रममा धमलासंगै उनका २ जना स्टाफ पनि रहेको भएपनि उनीहरु प्रहरीलाई खबर गर्न गएका थिए । आक्रमणकारीहरुको कुटपिटबाट धमलाको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको बताईएको छ ।

ओसाकाको तेन्नोजी सिटीको मात्सुजाकी चो मा पर्ने “नेपाली भान्साघर” नामको रेष्टुरेन्टका मालिक धमलालाई आक्रमणकारीहरुले पछाडिबाट आई अन्धाधुन्ध कुटपिट गरी हत्या गरेका थिए । तर स्थानिय जापानी मिडियाले भने आपसमा झगडा हुंदा गम्भीर चोट लाग्न गई निधन भएको भन्ने गलत प्रचारबाजी गरेको भन्दै स्थानिय नेपालीहरुले बिरोध जनाउनुका साथै सच्याउन दबाब दिईएको पनि ओसाकाबाट खरेलले बताए । ***

हेर्नुहोस् भिडियोः

 


Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया