शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – पहिलो एल्बम ‘प्रियसी’ पछि गायक साहिल खड्काले आफ्नो दोश्रो एल्बमको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘प्रियसी २’ एल्बममा समावेश हुने ‘त्यो मनमा’ बोलको पप गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 14470735_1099599490088150_1963167916_n

संगीत सिर्जना समेत गर्दै आएका साहिलले यो गीतको शब्द र संगीत आफैले गरेका हुन् । भिडियोको म्युजिक एरेन्ज भने संगीतकार टंक बुढाथोकीको हो । भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ । गीतमार्फत बच्चादेखि वृद्धसम्म सबै उमेर समुहलाई साँचो प्रेमको एकतर्फी परिभाषा दिन खोजेको भन्दै साहिलले यो गीतलाई पनि दर्शकले मनपराइ दिने विश्वास ब्यक्त गरे ।

सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा सम्झना तामाङ र केदार बरुवालले अभिनय गरेका छन् । निर्देशक सन्तोष र अनिल के मानन्धरले खिचेको भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् । म्याग्दीका साहिल विगत चारवर्षदेखि नेपाली संगीत क्षेत्रमा संघर्षरत छन् ।


तपाईको प्रतिक्रिया