football-oyama

प्रतियोगिताका नियमहरूः
१) हरेक टिममा म्यानेजर सहित खेलाडि संख्या ९ जनाको हुनेछ ।
२) एक टिम बराबर ३० हजार येन टिम दर्ता शुल्क लाग्नेछ ।
३) बढिमा १६ टिम सम्मले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
४) अगाडि नाम दर्ता गर्ने टिमलाइ प्राथमिकताको आधार मानिनेछ ।
५) प्रतियोगितामा भाग लिन चाहने टिमले डिसेम्वर ५ भित्र तोकिएको प्रवेश शुल्कसहित टिम दर्ता गर्नुपर्नेछ ।
६) प्रतियोगिता डिसेम्बर १४ तारिकको विहान ९ बजेदेखि शुरू गरिनेछ ।
७) प्रतियोगितामा रेफ्रीहरू विदेशी हुनेछन् । कुनै विवाद उत्पन्न भएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम हुनेछ ।
८) खेलाडि नपुगेमा एक टिममा बढीमा २ जनासम्म विदेशी खेलाडि समावेश गराउन सकिनेछ ।
९) खेलमैदानमा चोटपटक लाग्न गएमा प्राथमिक उपचार मात्रै आयोजकबाट उपलब्ध गराइनेछ ।
१०) स्टेशनदेखि खेल मैदानसम्म जानको लागि यातायातको व्यवस्था गरिनेछ ।