शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): असान्दर्भिक काम बढि हुनसक्छन् । स्वास्थ्यले साथ कम दिनेछ । चोटपटकको भय देखिन्छ । खर्चालु काम बढि लाभदायक काम कम हुनेछन् । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा गरेका काम सफल हुनेछन् । ढिला गरेमा असफलता हात लाग्न सक्छ हतोत्साही नहुनु होला । खान पानमा ध्यान दिनु होला नत्र स्वास्थ्य विग्रिनेछ । व्यापारबाट आय बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  परिश्रम विना कुनै काम बन्ने छैनन । काममा अवरोध खडा गर्ने छन् । आर्थिक उन्नति कम हुनेछ । सहयोग गर्ने कमै हुनेछन् । नयाँ कामको विचार विमर्श हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अन्योलमा नै दिनको अधिकाँश समय व्यतित हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाइमा मन जाने छैन । सन्तानको बारेमा चिन्तित हुनु पर्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घरयासी समस्याबाट अझै मूक्ति मिल्ने छैन । मनमा शान्ति मिल्ने छैन । आम्दानीका तुलनामा खर्च ज्यादा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । विश्वास घात हुने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिनको अधिकाँश समय अनुकुल देखिन्छ । काम गर्ने उत्साहा घट्ने छैन । नयाँ कार्य योजना अगाडि बढाउन सकिने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): संचित धनको क्षय हुनेछ । पठन पाठन कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसयाबाट सामान्य आम्दानी हुनेछ । सहयोग खसै मिल्ने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  घमण्ड नगरि काम गर्नु होला । समयलाई बुझ्न सकिएन भने पछि परिनेछ । समयमा गरेका काम सफल हुनेछन् । आर्थिक उन्नति राम्रै हुने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्ने विश्वासिलो वातावरण अझै बन्ने छैन । अर्थ व्यवस्था कमजोर बन्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । विश्वास गरेकाले धोका दिनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा विलम्ब नगर्नु होला । समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया दिन अनुकुल देखिन्छ । सहज र सरला तरिकाबाट कार्य सम्पादन हुनेछन् । विरोधीबाट लाभान्वित हुनुहुनेछ । कार्य क्षमता घट्ने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  वौद्धिक क्षेत्र कमजोर बन्नेछ । अशुभ समाचार सुन्नु पर्ला । कामले अझै गति लिने छैन । सहयोगी कमै भेटिने छन् । यात्राको झिनो सम्भावना देखिन्छ । व्यापार मन्द नै रहनेछ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया