शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । नोकरीमा अप्ठ्यारो आउन सक्छ । आर्थिक कारोवारमा सचेत रहनु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अनावस्यक काममा समय र धन खर्च हुने छ । गरेका कामबाट अरु लाभान्वित हुने छन् । व्यापारमा गिरावट आउने छ । विवादित काममा हात नहाल्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  महत्वकाँक्षा मात्रै पालेर नबस्नु होला । अर्थ व्यवस्था आज राम्रो रहने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । काम गरेर धन कमाउने अवसर प्राप्त हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गोचरका दृष्टिले आजको दिन अनुकुल नै देखिन्छ । अर्थ अभावका कारण कार्यन्वयनमा ढिला सुस्ति हुन सक्छ,धैर्यपूर्वक काम गर्नु होला । व्यापार व्यवसायमा सुधार आउने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयले कम साथ दिएको देखिन्छ । काम गरेर आत्म सन्तुष्टि मिल्ने छैन । आफ्ना काममा भन्दा अरुका काममा बढि समय खर्च हुनेछ । व्यापारमा देखिएका समस्या कम हुने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  आम्दानीका क्षेत्र कमजोर देखिन्छ । धन दिने काम गरियो भने डुब्ने सम्भावना रहन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । देखिएका सम्भावना क्षिण भएर जानेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जीवन साथीको सहयोगमा काम बन्ने छन् । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । नेतृत्व गरेर विदेश जाने अवसर पनि प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विरोधीको सक्रियता बढ्ने छ,काम गर्दा होशियार रहनु होला । काम गरेर जश पनि पाईने छैन । तपाईले गरेका काममा अरुले यश लिन खोज्ने छन् । यत्नपूर्वक गरेका काम सफल हुने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला । आफुले गरेका कामबाट अरुले फाइदा लिन खोज्ने छन् । हतारमा निणर्य गर्दा काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आलोचना बढ्न सक्छ । आत्मविश्वास घट्ने छैन,काम गर्न पनि मन लाग्ने छैन । परिवारिक खर्च बृद्धि हुन सक्छ । व्यापारमा मन्दि आउन सक्छ । आर्थिक कारोवार गर्दा विचार पुर्याउनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन सामान्यतया अनुकुल देखिन्छ । काम साच्ने काम नगर्नु होला । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्ने छ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । अर्थोपार्जन हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन मध्यम् छ । आफ्नो कामलाई ध्यान दिनु होला,अध्ययन तिर भन्दा कमाई तिर बढि चिन्ता हुनेछ । धन दिने काम नगर्नु उचित हुने छ । प्रयत्न गरेका काम सफल हुने छन् ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया