शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानमा पहिलोपटक आजदेखि एम्बेसी कप क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।  तोचिगीकेनको खेल सानो ईन्टरनेशनल क्रिकेट मैदानमा भईरहेको छ  ।

जसमा नेपालली दूतावासले पनि भाग लिएको छ । नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द अर्यालको नेतृत्वमा दूतावास टिम क्रिकेट प्रतियोगितामा भाग लिन तोचिगीकेन पुगेको छ ।

नेपाली दूतावासको टिम राज प्रधानको कप्तानीमा मैदानमा उत्रिएको छ । अन्य खेलाडीहरुमा विनम्र खत्री, दिपक खरेल, अविषेक के.सी, सन्तोष पौडेल, अर्जुन गौतम, विजय थापा, राजकुमार प्रधान, सतिस मल्ल, विक्रम राना, आशिष जोसी, किस्मत पौडेल, विजय पाण्डे र भवन कार्की छन् ।

प्रतियोगितामा नेपाल सहित ८ देश जापान, श्रीलंका, भारत, पाकिस्तान, ब्रिटेन, बंगलादेश, अष्ट्रेलियाको सहभागिता रहेको छ । नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने छ । खेल आज र भोली चल्ने छ । खेलकुदको माध्यमबाट नेपाललाई चिनाउने उदेश्यले नेपालले यो खेलमा सहभागिता जनाएका हो ।***

तपाईको प्रतिक्रिया