शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – भष्ट्राचारको आरोपमा जेल सजाय काटिरहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ रिहा भएका छन् ।

इस्लामाबादको तल्लो अदालतले जेल सजाय १० बर्ष तोकेपनि सरिफले अदालती निर्णयविरुद्ध पेश गरेको पुनरावेदनका आधारमा उच्च अदालतले तत्काल रिहा गर्ने आदेश दिएको हो । १० वर्षको जेल सजाय तोकिएका सरिफले २ महिनाको भने भूक्तान गरिसकेका छन् ।

उनीविरुद्ध भ्रष्टाचारको पर्याप्त प्रमाण नरहेकाले मुद्धाको अन्तिम टुङ्गो नलाग्दा सम्म रिहा गर्न इश्लामवाद उच्च अदालतले आदेश दिएको हो । राजनीति प्रेरित, निराधार आरोप लगाइएका भन्दै खण्डन गर्दै आएका सरिफले जेलबाट रिहा भएपछि न्यायको जित भएको बताएका छन् ।

क्यान्सरका कारण सरिफ श्रीमती कुलसुमको मृत्यु भएको एक सातापछि अदालतले सो फैसला सुनाएको पाकिस्तानी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भष्ट्राचारको आरोपमा सरिफसँगै उनकी छोरी मर्यमलाई समेत अदालतले जेल सजाय सुनाएको थियो ।

श्रीमती कुलसुमको अन्तिम संस्कारका बेला बाहिर निस्कन पाएका उनीहरुलाई पछि पुन जेल लगिएको थियो । पूर्वप्रधानमन्त्री सरिफले बेलायतमा अकुत सम्पत्ती लुकाएको र परिवारका नाममा थुप्रै जग्गा राखेको भन्ने आरोप पुष्टि भएको भन्दै उनलाई गत जुलाई महिनामा अदातलले १० बर्ष र उनी छोरीलाई ७ बर्षको जेलसजाय सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया