शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ । सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ। यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६:३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया