शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – ल्वाङलाई मसलाका साथै माउथ फ्रेशनर  औषधीको रुपमा प्रयोग गरिन्छ । ल्वाङको माथिल्लो भाग जसलाई फूल भनिन्छ, त्यसको बहुउपयोगितालाई ध्यानमा राखेर सुकाएर राख्ने चलन छ । आयुर्वेदले यसलाई घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धि समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ ।

भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् । आजको समयमा चिन्ता, तनाव र थकानका कारण युवाहरुको यौन जीवन प्रभावित भइरहेको छ जसका कारण थुप्रै प्रकारको समस्या आइरहेको छ । यी समस्याबाट युवालाई ल्वाङको पानीले बचाउन बचाउन सकिन्छ ।

ल्वाङको पानी कसरी बनाउने ?

यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।

कहिले पिउने ?

बिहान उठे यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।

यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ ।

ल्वाङको पानी खानुका फाइदाः

तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ ।

यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।

पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ ।

शिघ्रपतनको समस्यालाई यसले ठिक गर्छ ।

घाँटीको समस्याको यो अचूक औषधी हो ।

दाँतमा हुने सिरिङ्ग र पीडालाई यसले ठिक गर्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत दिलाउँछ ।

तपाईको प्रतिक्रिया