शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

डोटी – आफूहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले जिल्ला छोडेपछि जिल्ला अस्पताल डोटीमा पाँच दिनदेखि सम्पूर्ण सेवा ठप्प भएको छ ।

गएको ६ गते आइतबार डाक्टर जितेन्द्र सिंह माथि अस्पताल परिसरमै कुटपीट भएपछि जिल्ला अस्पताल डोटीमा कार्यरत सम्पूर्ण चिकित्सकहरु आफूहरु असुरक्षित भएको भन्दै गएको बुधबारदेखि जिल्ला अस्पताल डोटी छोडेर काठमाडौं गएका हुन् । चिकित्सकले जिल्ला छोडेपछि शवको पोष्टमार्टम जस्तो अत्यावस्यक कामका लागि शव पनि जिल्ला बाहिर पठाउनु परिरहेको जिल्ला अस्पताल डोटीका प्रमुख सतिश विष्टले बताउनुभयो ।

‘अस्ति मात्रै दुईवटा शव डाक्टर नहुँदा डडेल्धुरा पठाएका छौ’, बिष्टले भन्नुभयो, ‘पोष्टमार्टम जस्तो अत्यावस्यक काम पनि जिल्ला बाहिर पठाउनु परेको छ, अन्य बिरामी त सिधैँ जिल्ला बाहिर पठाउनु परीरहेको छ ।’ डाक्टरलाई कुटपीट गरेपछि दोषीलाई कार्वाहिको माग गर्दै डाक्टरहरु जिल्ला छोडेर काठमाडौं गएका हुन् । असुरक्षित भएको भन्दै जिल्ला अस्पताल छोडेर गएका डक्टरहरुमा बिवश पराजुली, जितेन्द्र सिंह तथा सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजकुमार बिश्वकर्मा रहेका छन् ।

यतिमात्रै नभई जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरुले असुरक्षित भएको भन्दै जिल्ला छोडेसँगै यहाँ रहेका नीजी तथा संस्थागत अस्पतालका चिकित्सकले पनि डोटी छोडेका छन् । गएको ६ गते आइतबार डाक्टर सिंहले जिल्ला अस्पतालमा भिडियोएक्सरे गर्ने क्रममा बिरामी महिलामाथि दुब्र्यवहार गरेको भन्दै उहाँमाथि कुटपीट भएको थियो । कुटपीटबाट डाक्टर सिंहको दाँत भाचिएको जिल्ला अस्पताल डोटीका अन्य कर्मचारी बताउन छन् ।

उता कुटपीटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जना विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गराएको डोटी प्रहरी प्रवक्ता शिवबहादुर सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया