शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

इलाम – इलाममा  ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल आर्मीका हवल्दार पक्राउ परेका छन् ।

ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

इलामको बसपार्कमा चटपटे खाँदै गरेकी बालिकामाथि हवल्दारले हातपात गरेको पीडित पक्षको भनाई छ । रामेछाप घर भएका पौड्यालले शनिबार काममा खटिएका नेपाल प्रहरीमाथि  समेत हातपात गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया