शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाली कथानक चलचित्र ‘नेप्टे’को गीत सार्वजनिक भएको छ । चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फिचरिङ छन् । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।
दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पूर्णीमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया