शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो -ओकिनावा केनका बिभिन्न स्थानमा काम गर्ने बिदेशी कामदारहरु मध्ये नेपालीको संख्या पहिलो स्थानमा रहेको स्थानीय एक अनलाइनले प्रकाशित गरेको छ । उक्त संख्या १ हजार ९८१ जना रही अघिल्लो बर्षको तुलनामा २७.१ प्रतिशतले बृद्धि भएको समाचारमा उल्लेख छ । ओकिनावामा कुल बिदेशी कामदारको संख्या ७ हजार ३१० जना पुगेको छ । सो संख्या अघिल्लो बर्षको तुलनामा २२.४ प्रतिशतले बढि हो ।
त्यसैगरी, अन्य बिदेशीहरुमा दोश्रोमा फिलिपिनी-९८६ जना र तेश्रोमा हङकङ ९५५ जना रहेको पनि समाचारमा उल्लेख छ । ओकिनावा केनमा १ हजार ४४५ स्थानमा बिदेशी कामदारहरु कार्यरत छन । यसरी बिभिन्न स्थानमा कार्यरत बिदेशी कामदारहरुको भिसाको प्रकार हेर्ने हो भने सबैभन्दा बढि बिद्यार्थीहरु रहेका छन भने त्यसपछि प्राबिधिक र प्रशिक्षार्थी कामदारहरु रहेका छन् ।

कामको प्रकारको आधारमा हेर्ने हो भने सबैभन्दा बढि बिदेशीहरु होटेल र रेष्टुरेन्टमा काम गर्दछन् । त्यसै गरी होलसेल तथा रिटेल ब्यवसाय र निर्माण क्षेत्रमा काम गर्ने बिदेशीहरु पनि उल्लेख्य संख्यामा रहेको तथ्यांकबाट स्पष्ट हुन्छ । ओकिनावा केनमा काम गर्ने बिदेशी कामदारको संख्या सन २०१४ मा ३ हजार ३८८ जना भएकोमा हरेक बर्ष बृद्धि हुंदै सन् २०१७ अक्टोबर मसान्तमा अहिलेसम्मकै सबैभन्दा बढि रहेको समाचारमा उल्लेख छ । जापानको हरेक क्षेत्रमा देखिएको कामदारको अभाबलाई पूर्ति गर्न कुनै न कुनै रुपमा बिदेशीहरुको संख्यामा बृद्धि भएको पछिल्लो आंकडाले बताउंछ ।

तपाईको प्रतिक्रिया